शेयर मिशन अमेरिकाद्धारा संखुवासभाली पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण

news-details

शेयर मिसन ईन्टरनेशनल अमेरिकाले काठमाडौमा क्रियाशिल संखुवासभाली पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ ।

अमेरिकाको डेनभर कोलोराडोका शान्ति श्रेष्ठ र श्याम श्रेष्ठले संचालन गरेको सामाजिक संस्था शेयर मिसन ईन्टरनेशनलमार्फत स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

संखुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसिएशन (एसकाज)को संयोजनमा एक कार्यक्रमकाबीच पत्रकारहरूको सुरक्षा र सहजताका लागि मास्क,स्यानीटाईजर लगायत स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको एसकाजका अध्यक्ष हेमन्त गौतमले जानकारी दिए ।

कोरोना भाईरस संक्रमण महामारीको अहिलेको अवस्थामा सुचना सम्प्रेषणमा क्रियाशिल पत्रकारहरुको सुरक्षालाई ध्यानमा राखेर स्वास्थ्य सामग्री वितरण गर्नका लागि सहयोग गरिएको शान्ति श्रेष्ठले जानकारी दिइन् ।

शेयर मिशनले नेपालको ग्रामिण क्षेत्रका विद्यालय तथा विद्यार्थीहरुका लागि सहयोग प्रदान गर्दै आएको छ भने आपतविपतमा परेका लागि समेत आर्थिक तथा अन्य सहयोग प्रदान गरिरहेको श्याम श्रेष्ठले बताए ।

संखुवासभामा जन्मिएर काठमाडौंमा क्रियाशिल पत्रकारहरुका लागि सहयोगीका रुपमा एसकाजले काम गरिरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *