कतारमा नयाँ नियम : ६० प्रतिशत श्रमिक कतारी नागरिक राख्नुपर्ने

news-details

खाडी मुलुक कतारले आफ्नो श्रम बजारमा कतारी नागरिकको संख्या बढाउन ६० प्रतिशत आफ्नै नागरिक राख्नेगरी नयाँ कानुन ल्याएको छ ।

कतारको सरकारी स्वामित्वका निजी क्षेत्रले अब आफ्नो कार्यक्षेत्रमा ६० प्रतिशत श्रमिक कतारी नागरिक राख्नुपर्ने गरी आएको नयाँ कानुन बुधबारको मन्त्रीपरिषदले पारित गरेको कतारका संचार माध्यमले जनाएका छन् ।

साथै यो नियमले सरकारी स्वामित्वका निजी क्षेत्रमा कतारी नागरिकको सख्या बढाउनका लागि कम्पनीको ‘ह्युमन रिसोर्स डिमार्टमेण्ट’मा कम्तिमा ८० प्रतिशत कतारी हुनुपर्ने व्यवस्था पनि गरेको छ ।

अब कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले तोकेका विभिन्न काममा विदेशी श्रमिक भर्ना गर्न निषेध गरिएको छ । यी काममा कतारी नागरिक नै भर्ना गर्नुपर्ने हुन्छ । यो कतार सरकारले स्थानीय नागरिकलाई नै प्राथमिकता दिनेगरी ल्याएको नियम हो ।

 

सरकारी स्वामित्वका निजी क्षेत्रमा स्थानीय श्रमिकको सख्या ६० प्रतिशत हुनुपर्ने र विभिन्न काममा कतारी नागरिक नै भर्ती गर्नु पर्ने, विदेशी श्रमिक भर्ना गर्न नपाउने नियमले नेपाली श्रमिकलाई पनि प्रत्यक्ष प्रभाव पर्छ । नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य मानिएको कतारले ल्याएको यो नियम लागू भएमा नेपाली श्रमिकका लागि कतारमा कामको अवसर कम हुन सक्छ । तर कतारले कहिलेदेखि यो कानुन कार्यान्वयन गर्ने भनेर मिति भने तोकेको छैन ।

कतारी नागरिक धेरैजसो सरकारी क्षेत्रमा कार्यरत छन् । कतारमा देशको जम्मा जनसख्याको १५ प्रतिशत मात्र कतारी नागरिक रहेका छन् । कतारको श्रम बजारमा विषेशगरी निजी क्षेत्रमा कतारी श्रमिक कम छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *