धनकुटा कोरिया समाजद्वारा पाँच लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

news-details

धनकुटा कोरिया समाजले धनकुटामा करिब पाँच लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । धनकुटा स्थायी बसोबास रही हाल रोजगारीको सिलसिलामा दक्षिण कोरिया रहेका धनकुटेलीहरुको समाजले चार लाख ८० हजार २७७ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

समाजले कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिरहेको सबै स्थानीय तह, जिल्ला अस्पताल, एम्बुलेन्स चालक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस धनकुटा, पत्रकार महासंघ धनकुटा, विद्युत् प्राधिकरण धनकुटालाई सहयोग पठाएको समाजका अध्यक्ष प्रदेश राईले जानकारी दिए ।

राईका अनुसार पिपिइ २५० थान, एन–९५ माक्स २०० थान, सर्जिकल माक्स चार हजार थान, थर्मोमिटर नौ थान, ह्याण्ड सेनिटाइजर ४५० मिलिलिटरको ७५ थान, सेफ्टी गोल्ब ५० थान, गोल्ब १० बाकस र फेस सेन्ट ११० थान रहेका छन् ।

आफूहरु जहाँ रहे पनि धनकुटेलीको साथ र सहयोगमा सधै रहिरहने र परिआएको विपदमा जहिले पनि सकेको सहयोग गरिरहने अध्यक्ष राईले बताए । धनकुटा कोरिया समाजले पठाएको सहयोग सामाग्री पत्रकार महासंघ धनकुटा र रेडक्रस धनकुटाको संयोजनमा सम्बन्धित निकायमा हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *