थाइ नेपाली संघ, दुःख निवारण विभागको अग्रसरतामा थाइल्याण्डका विभिन्न शहरहरूमा कोरोना भाईरसका कारण आपत्ति परेका नेपाली र गोर्खाली एवं जनजाती समुदायमा राहत वितरण गरिएको छ । थाइ नेपाली संघका विभिन्न शाखाहरुले सक्रियतामा राहत संकलन साथै वितरण गरेका हुन् ।

कोभिड १९ का कारण नियमित काम नभएपछि आर्थिक रुपले अप्ठ्यारोमा परेका समुदायलाई यस्तो राहत वितरण गरिएको थाइ नेपाली संघका अध्यक्ष कुमार कार्कीले जानकारी दिए ।

थाइल्याण्डका कोरोना प्रभावितलाई थाइ नेपाली संघको सहयोग

राहत सामग्रीहरुमा चामल, तेल, चाउचाउ, माछाका डब्बा, पिठो, नुन, मसला जस्ता दैनिक उपभोग्य सामग्रीहरु थिए । आवश्यकता अनुसार केही व्यक्तिहरुलाई आर्थिक सहयोग पनि गरिएको जनाइएको छ । शाखाहरू नभएका ठाउँबाट पनि राहत सामाग्री माग भएको अवस्थामा थाइ नेपाली संघका प्रतिनिधिहरू गएर राहत वितरण गरेको अध्यक्ष कार्कीको भनाई छ ।

गत मे महिनामा थाइ नेपाली संघबाट भएको राहत वितरणबाट २५ सय ८ परिवारका ८ हजार ६ सय ८५ व्यक्तिहरुले सेवा पाएका छन् । थाइ नेपाली संघका शाखा तथा उपशाखाहरूमा अवश्यकता अनुसार विहान वेलुका खानाहरू बनाइ दैनिक रूपमा ४ सय भन्दा धेरै मानिसहरूलाई वितरण गरिएको संघले जानकारी दिएको छ ।
संघले महामारी समयमा रक्तदान कार्य पनि गरेको छ । विविध रोग उपचारका कारण अस्पतालमा भर्ना भएका साथै भर्ना हुन अप्ठ्यारो भएका र उपचार पश्चात आर्थिक अभावका कारणले अप्ठ्यारोमा परेका परिवारहरुलाई पनि दुःख निवारणले सहयोग गरेको बताइएको छ ।

 

थाइल्याण्डका कोरोना प्रभावितलाई थाइ नेपाली संघको सहयोग

यसैगरी कोभिडको महामारीले समस्यामा परेका नेपालबाट अध्ययनका लागि आएका ५६ नेपाली विद्यार्थीहरुलाई पनि अन्य संस्था तथा नेपाली राजदुतावाससँग मिलेर राहतको कार्यमा सहयोग गरिएको अध्यक्ष कार्कीले जानकारी दिए ।

थाइल्याण्डबाट विदेश फर्कन चाहनेहरूलाई पनि सरकारी निकायहरूबाट कागजपत्र लगायत आवश्यकता अनुसार यातायात सुविधा मिलाउने कार्यमा संघले सहयोग गर्दै आएको छ । संघले कोभिडको महामारीले ग्रस्त भएको बेला पनि संघको दुःख निवारण विभागको सक्रियता भने थाइल्याण्ड देशभर सुचारु रहेको छ ।

थाइल्याण्डका कोरोना प्रभावितलाई थाइ नेपाली संघको सहयोग

आफूले सुरक्षाका विधि अपनाएर संघको दुःख निवारण विभागका प्रमुख, सदस्यहरु र सिंगो थाइ नेपाली संघको टीम राहतका कार्यहरुमा सरिक भएको थियो ।

 

संघका महासचिव विनोद लामिछाने र दुःख निवारण विभागका प्रमुख रामकुमार ढुंगानाले संघका विभिन्न शाखाका पदाधिकारी तथा विभिन्न व्यक्तिहरुको सहयोगले गर्दा राहतका कामहरु गर्न सकिएको बताएका छन् ।

थाइल्याण्डका कोरोना प्रभावितलाई थाइ नेपाली संघको सहयोग
थाइल्याण्डका कोरोना प्रभावितलाई थाइ नेपाली संघको सहयोग
थाइल्याण्डका कोरोना प्रभावितलाई थाइ नेपाली संघको सहयोग