सरकारले तोकेभन्दा २५ हजार सस्तो भाडामा ओमनस्थित नेपाली दूतावासले पठाउने, अन्य देशको पनि भाडादर घटाउन दवाव

news-details

विदेशमा रहेका नेपाली फर्काउनका लागि सरकारले चर्को शुल्क लिन लागेको भन्दै विरोध भइरहेका अवस्थामा सरकारले तोकेको भाडादर भन्दा २५ हजार रूपैयाँ सस्तोमा ओमनस्थित नेपाली दूतावासले नागरिकलाई नेपाल पठाउने भएको छ।

सूचना जारी गर्दै दूतावासले नेपाल फर्कन चाहनेका लागि भाडा दर ११५ ओमनी रियल (करिब ३६ हजार रुपैयाँ) तोकेको छ।

‘दूतावासमा विभिन्न माध्यमबाट नाम टिपाउनु भएकामध्ये प्राथमिकताका आधारमा प्रथम उडान आउँदो जुन १५ मा सलाम एअर मार्फत हुने गरी तय भएको छ। जसको शुल्क ११५ ओमनी रियल तोकिएको छ’ सूचनामा भनिएको छ।

सरकारले विभिन्न देशबाट उद्धार उडानमार्फत स्वदेश आउनेका लागि भाडा तोकेको छ। जसमा ओमनको लागि ५१० अमेरिकी डलर अर्थात् करिब ६१ हजार रूपैयाँ तोकिएको छ।

यसरी ओमनबाट नेपाल आउन चाहनेका लागि दूतावासले सात दिनभित्रको अनिवार्य कोरोनाको पिसिआर विधिबाट गरिएको नेगेटिभ रिपोर्ट पेश गर्न भनेको छ।

नेगेटिभ नतिजा आएकाहरू नेपाल आएपछि सिधै होम क्वारेन्टिनमा जान सकिने भनिएको छ। सरकारले कोरोना भाइरसका कारण विभिन्न मुलुकमा अलपत्र परेका र स्वदेश आउन चाहने नेपालीहरूलाई उद्धार गर्ने जनाएको छ।

सरकारले गन्तव्य हेरी भाडादर निर्धारण गरेको छ। एयरलाइन्सहरूले चार्टर्ड उडान गरे पनि सरकारले तोकेभन्दा बढी भाडा लिन पाइने छैन।

नेपाल एयरलाइन्सलाई २४, हिमालयलाई १९ र अन्य विदेशी एयरलाइन्सलाई २४ उडानको जिम्मा दिने तयारी गरेको सरकारले तोकेको भाडादर महंगो भयो भन्दै चौतर्फी विरोध भइरहेको छ ।

ओमानको जस्तो भाडादर घटाउनका लागि अहिले खाडी तथा मलेसियाका दूतावासलाई प्रेसर परिरहेको छ ।

 

सरकारले तोकेको भन्दा हवाई भाडा घटाउन सफल भएकोमा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीको सामाजिक सञ्जालमा प्रसंसा भइरहेको छ । श्रमिकको हीतमा काम गरेर नाम कमाइरहेकी राजदूत पराजुलीको कामले पछिल्लो समय झन उचाई लिएको हो ।

 

विदेशबाट नेपालीको उद्धार : यस्तो छ उडान तालिका र भाडादर

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *