कुवेतबाट थप नेपाली आज आउँदै, टर्किस एयरलाइन्स विदेशी यात्रु लिएर फर्कियो

news-details

चाँदनी हमाल / कुवेतबाट आज पनि नेपाली नागरिक स्वदेश फर्कदैछन् । कुवतको जजिरा एयरलायन्सको जहाजबाट नेपाली नागरिक लिएर साढे ११ बजे त्रिभुवन विमानस्थलमा उत्रने तय भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार हालसम्म प्राप्त जानकारी अनुसार १४२ जना महिलासहित दुई जना बालबालिका र सातजना भर्खर जन्मेका शिशु नेपाल आउँदैछन् ।

हिजो दुईवटा जहाजको उडानमार्फत २९९ जना नेपाली महिला नेपाल फर्किएका छन् । कुवेतबाट फर्कन चाहेका ७ हजार ९९१ मध्ये २ हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् ।

यसैबीच आज बिहान टर्की एयरलायन्सको एउटा जहाज नेपाल आएर फर्केको छ । जहाजमा उताबाट खाली आएको थियो । नेपालबाट भने जहाजले नेपालस्थित अमेरिकी र बेलायती नागरिक लिएर फर्केको विमानस्थलले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *