कुवेत सरकारले निःशुल्क ल्यायो ३ सय नेपाली, सेल्टरमा बसेका सबैलाई ल्याउँदै

news-details

कुवेतमा आममाफीमा सहभागी भएका स्वदेश फर्कने पर्खाईमा बसेका नेपाली महिला बिहीबार काठमाण्डौ आइपुगेका छन् । कुवेत सरकारले आफ्नै जहाज जजिरा एयरलाइन्समार्फत आममाफीमा सहभागी नेपालीलाई नेपाल ल्याइदिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भने एउटा जहाजमा १५० र अर्को जहाजमा १५० गरि ३ सय जना नेपाली फर्किएका जनाएको छ । कुवेतमा भिसा सकिएर अवैधानिक भएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याउन सफल भएको हो ।

कुवेत सरकारले निशुल्क स्वदेश फर्काएकोमा सबै खुशी देखिन्थे । अ‍वैधानिक बाटो हुँदै कुवेत पुगेका नेपाली महिला वैधानिक भएर स्वदेश फर्कन पाएकोमा खुशी भएका हुन् ।

कुवेतले गएको अप्रिल महिनाभरी नै यी दुई तरिकाले आममाफीमा सहभागी गराएको थियो । नेपालीलाई भने अप्रिल २६ देखि ३० सम्मको चार दिनको समय दिएको थियो । यो चार दिनमा आममाफीमा सहभागी झण्डै तीन हजार जनालाई कुवेतले आफ्नै जहाजमार्फत नेपाल ल्याइदिने जनाएको छ ।

कुवेतले आममाफीमा सहभागी भएकालाई आफ्नै खर्चमा सेल्टरमा राखेको थियो । खाद्यन्न सहित आवश्यक कुराको व्यवस्था पनि कुवेत सरकारले नै गरेको छ । आममाफीमा सहभागी र केही घरफिर्ती केन्द्रमा रहेका २९९१ जनाको सूची दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ ।

कुवेतबाट प्राथमिकतामा परेका नेपालीलाई ल्याउनका लागि अर्को उडान असार २ गते, ५ गते, ७ गते र १० गते हुने तय भएको छ ।

 

कुवेका सेल्टरमा रहेका महिलाहरुको बुधवार नै उडान हुने जनाइएता पनि अन्तिम समयमा आएर स्थगित भएको थियो । कुवेतको सेल्टरमा लामो समय कुर्नु परेपछि छिटो उडान तालिका सार्वजनिक गर्नका लागि नेपालीहरुले दवाव दिदै आएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *