कुवेतको बुधबार हुने उडान स्थगित, अन्योलता कायमै

news-details

कुवेतबाट नेपालीहरुलाई बुधवार बिहान जजिरा एयरको उडानमार्फत स्वदेश फर्काउने भनिएपनि निर्धारित समयमा हुन नसक्दा रोकिएको छ । जसका कारण नेपाल आउने भनिएको पहिलो उडानको समयतालिका अझै निश्चित हुन सकेको छैन ।

कुवेतस्थित नेपाली दूतावासले समयतालिका अझै निश्चित नहुनुको कारण भने बताएको छैन । यद्यपी ‘स्वास्थ्य सम्वन्धि अवरोध’ भन्दै उडान स्थगन भएको जानकारी दिइएको छ ।

कुवेत सरकारले राखेको सेल्टरमा महिनौ स्वदेश फर्कने आशमा बसेका नेपालीहरुमा उडानको तालिका आएपछि खुशी छाएको थियो । नेपाल सरकारले उडानका लागि चासो नदेखाएको भन्दै उनीहरु आक्रोषित समेत बनेका थिए ।

कुवेतले बिना जरिवाना स्वदेश फिर्न पाउने भन्दै अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा राखेकालाई आफ्नै खर्चमा दैनिक दुई वटा चार्टर विमानमार्फत नेपाल पठाउन नेपाल सरकार समक्ष प्रस्ताव राखेको थियो । अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा २ हजार ९ सय ९१ जना रहेका छन् । जसमा पुरुष १ हजार ६ सय ८८ जना र महिला १ हजार ३ सय ३ जना छन् ।

नागरिक उड्डयन प्रधिकरणले दुई वटा विमान आउन अनुमति दिइसकेको छ । कुवेतले निजी विमान कम्पनी जजिरा एयरलाइन्सलाई उडानको लागि जिम्मेवरी दिइएको हो ।

जजिराले बुधबार बिहान ७ देखि ९ बजेभित्र पहिलो उडान गर्ने भनिएको थियो । यो समयमा उडान गर्न नसकेपछि अल जजिराले पुनः बुधबार साँझ ८ः४५ को उडान तालिका राखेको छ । नेपालले साँझ यात्रु लिन सक्ने अनुमति दिए मात्रै साँझको समयमा उडान गर्न सक्ने बताइएको छ ।

कुवेतबाट विहिवारका लागि दुईवटा उडान हुने जनाइएको छ ।

यो पनि पढ्नुहोस्

कुवेतबाट स्वदेश फर्कन नपाएपछि प्रधानमन्त्री र परराष्ट्रमन्त्री विरुद्ध नाराबाजी (भिडियोसहित)

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *