कुवेतबाट स्वदेश फर्कन नपाएपछि प्रधानमन्त्री र परराष्ट्रमन्त्री विरुद्ध नाराबाजी (भिडियोसहित)

news-details

कुवेतमा स्वदेश फर्कनका लागि सेल्टरमा बसेका युवाहरुले अझै उद्धार नगरेको भन्दै प्रधानमन्त्री केपी ओली, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र नेपाली दूतावासविरुद्ध नारावाजी गरेका छन् ।

सेल्टरमा बसेको ४३ दिन बितिसक्दा समेत स्वदेश फर्कन नपाएपछि उनीहरुले आक्रोष पोख्दै नाराबाजी गरेका हुन् । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि अवैध आप्रवासी श्रमिकलाई स्वदेश फर्काउन कुवेत सरकारले जरिवानासमेत मिनाहा गरी आममाफी दिएपछि झण्डै ३ हजार नेपाली नेपाल फर्कने दिन कुदै सेल्टरमा बसिरहेका छन् ।

उनीहरुलाई स्वदेश पुग्ने हवाईभाडासमेत तिरिदिने निर्णय गरेको कुवेत सरकारले सेल्टरमा खानबस्नसमेत निःशुल्क उपलब्ध गराइरहेको छ । त्यही भएर नेपाली युवाहरुले कुवेत सरकार जिन्दावाद भन्दै नारा लगाएका छन् ।

भारत, चीन, म्यानमार, थाइल्यान्ड, बंगलादेशलगायत अन्य मुलुकले आफ्ना नागरिकलाई स्वदेश फर्किन अनुमति दिइसकेको तर नेपाल सरकारले अझै बेवास्ता गरिरहेको उनीहरुको भनाई छ ।

यूएई र म्यानमारबाट नेपालीहरु स्वदेश फर्काइसक्दा समेत कुवेत सरकारले आफ्नै खर्चमा पठाउन लाग्दा समेत सरकारी ढिलाईका कारण समस्या बढेको उनीहरुको आक्रोष छ ।

‘ हामीलाई स्वदेश फर्काउने खर्च नेपाल सरकारले व्यहोर्नुपर्दैन। कुवेत सरकार आफैँले चार्टर गरेर पठाउने हो। तर पनि नेपाल सरकारले बेवास्ता गरिरहेको छ,’ एक युवाले आक्रोष पोखे ।

कुवेतमा ७ हजारभन्दा बढी अवैध नेपाली रहेको अनुमान छ । जसमध्ये ३ हजार ५ सय फर्किने तयारी गरिरहेको र सेल्टरमा अहिले २ हजार ७ सय रहेको एनआरएनए कुवेतले जनाएको छ ।

आममाफीमा सहभागी भएर सेल्टरमा रहेका नेपाली श्रमिक पनि जोखिमपूर्ण अवस्थामा रहेको पाइएको छ । सेल्टरमा ठूलो संख्यामा आप्रवासीहरु रहेका कारण कोरोनाको जोखिम रहेको छ । सरकारले यस्ता श्रमिकहरुलाई तत्काल स्वदेश फर्काउन पहल गर्नुपर्ने आवश्यकता देखिन्छ ।

हेनुहोस भिडियो

सम्बन्धित शीर्षकहरु

1 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *