मलेसियाले दियो स्वदेश फर्कन चाहनेलाई १४ दिने अवसर

news-details

मलेसिया सरकारले लकडाउन सकिएको १४ दिनभित्र टिकटसहित स्वदेश फर्कन चाहनेहरुका लागि अवसर दिने भएको छ ।

मलेसियाले कोरोना भाइरसबाट जोगिन मे १२ सम्म लकडाउन घोषणा गरेकोले सो दिनपछि मे २६ सम्म यो अवसरको फाइदा लिन सकिने नेपाली दूतावास मलेसियाले जनाएको छ । मलेसियाले जनवरी १ देखि भिसा सकिएकाले स्वदेश फर्कन चाहनेले कुनै जरिवानाबिना फर्कन सक्नेछन् । मलेसियाको अध्यागमन कार्यालयमा थप कागजात वा कुनै पास बनाउन नपर्ने नेपाली दूतावासले जानकारी दिएको छ ।

लकडाउन लागू हुनुभन्दा पहिले वा त्यही अवधिमा भिसा सकिएको र नवीकरण गर्नपर्ने भएमा मे १२ देखि एक महिनाभित्र कार्यालय समयमा नवीकरण गर्न सकिने मलेसिया सरकारले जनाएको छ । भिसा नवीकरण अध्यागमन विभागको पुत्रजयास्थित मुख्य कार्यलयबाट गर्नुपर्ने भएमा पोरेक्क एप मार्फत समय लिनु पर्नेछ ।

सबै विदेशी नागरिकले भिसा सम्बन्धि सबै काम अनलाइनमार्फत अगाडि नै अपोइन्टमेन्ट लिएर गर्नुपर्ने हुँदा अनलाइन अपोइन्टमेन्ट नलिइ सिधै गएमा आवेदन दिन नपाइने मलेसियाको अध्यागमन विभागले जनाएको छ ।

यो अवसर गुम्न दिनुहुँदैन : एनआरएन अध्यक्ष भट्टराई

मलेसिया सरकारले स्वदेश फर्कन दिएको यो सुनौलोे अवसरलाई नेपालले फाइदा उठाउनु पर्ने एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईले बताए ।

‘आफ्ना नागरिक स्वदेश फर्कन पाउनु नैसर्गिक अधिकार हो, अझ मलेसिया सरकारले दिएको सुनौलो अवसरलाई नेपाल सरकारले गुम्न दिन हुँदैन’ अध्यक्ष भट्टराईले भने–‘रेमिट्यान्समा रमाउने नेपाल सरकारले त्यही रेमिट्यान्स पठाउने नेपालीलाई वेवास्ता गर्न मिल्दैन, आफ्नो देश फर्कन पाउनुपर्छ ।’

मलेसियाले दिएको यस्तो अवसरबाट अन्य देशहरु इन्डोनेसिया र भारतले आफ्ना नागरिक फर्काउन गृहकार्य थाल्दा नेपाल सरकारले अझै केही नगरेकाले अध्यक्ष भट्टराईले चिन्ता ब्यक्त गरे ।

कुनै जरिबाना नतिरी विना कागजात स्वदेश फर्कन पाउने सुर्वण अवसरलाई सवै नेपाली र नेपाल सरकारले फाइदा लिनैपर्छ । मलेसियामा धेरै नेपाली भिसा सकिएर अवैध बनेर बसेका छन् भने अधिकांश स्वदेश फर्कन चाहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *