कतारले नेपाललाई कोरोना नियन्त्रणका लागि पठायो अत्यावश्यक स्वास्थ्य सामाग्री

news-details

कतारले नेपाललाई कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मी लगायतलार्ई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु सहयोग स्वरुप पठाएको छ ।

कतारका अमीर शैख तमीम बिन हमद अल थानीको निर्देशनमा  उक्त सामाग्री नेपाल सरकारलाई उपलब्ध गराइएको कतार फण्ड फर डेभलपमेण्टका महानिर्देशक खलिफा वीन जासिम अल कवारीले जानकारी दिएका छन ।

कतारले अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु थ्री लेयर मास्क ५ लाख थान, मेडिकल मास्क ५५ हजार थान, सर्जिकल मास्क ५५ हजार थान, फेससिल्ड १५ हजार थान, ग्लोव्स ५० हजार थान, सर्जिकल गाउन ३० हजार थान, गगल्स ३० हजार थान लगायत गरी जम्मा ७ लाख ४२ हजार थान स्वास्थ्य सामाग्री नेपाल पठाएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *