कतारले नेपाललाई कोरोना नियन्त्रणका लागि पठायो अत्यावश्यक स्वास्थ्य सामाग्री
- बैशाख १७, २०७७
- 0

कतारले नेपाललाई कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मी लगायतलार्ई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु सहयोग स्वरुप पठाएको छ ।
कतारका अमीर शैख तमीम बिन हमद अल थानीको निर्देशनमा उक्त सामाग्री नेपाल सरकारलाई उपलब्ध गराइएको कतार फण्ड फर डेभलपमेण्टका महानिर्देशक खलिफा वीन जासिम अल कवारीले जानकारी दिएका छन ।
कतारले अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु थ्री लेयर मास्क ५ लाख थान, मेडिकल मास्क ५५ हजार थान, सर्जिकल मास्क ५५ हजार थान, फेससिल्ड १५ हजार थान, ग्लोव्स ५० हजार थान, सर्जिकल गाउन ३० हजार थान, गगल्स ३० हजार थान लगायत गरी जम्मा ७ लाख ४२ हजार थान स्वास्थ्य सामाग्री नेपाल पठाएको हो ।
0 प्रतिक्रिया
निबन्धकार तथा नियात्राकार नयाँघरेलाई ‘जीवन स्मृति पुरस्कार’

निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेलाई यस बर्षको जीवन स्मृति पुरस्कार प्रदान गरिने भएको छ । जीवन स्मृति प्रतिष्ठान झापाले जीवन […]
भारत–पाकिस्तानबीच युद्धविराम गर्ने सहमति

भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् । […]
सुत्केरीको मृत्यु भएपछि बर्धमान अस्पताल घेराउ

सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा चकित्सकको लापरर्वाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तजनले अस्पताल घेराउ गरेका छन् । मृत सुत्केरी महिलाको शव […]
राजाहरूले देश कंगाल बनाए : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन्। शनिवार काठमाडौँमा दोस्रो राष्ट्रिय वन संवर्धन गोष्ठीलाई सम्बोधन गर्दै […]
विनियोजन र कार्यान्वयनबीचको खाडललाई पुर्ने कोशिसमा छु : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले विनियोजन र कार्यान्वयनबीचमा भएको ठूलो खाडललाई पुर्न कसिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पूर्व बजेट छलफल […]