जनसम्पर्क बिभाग प्रमुख भट्टराईद्धारा ओशियानाका जनसम्पर्कलाई निर्देशन

news-details

सामान्य जनजिवन यापन गर्न कठिन बनाईरहेको कोरोना भाईरसले बिश्वमा मानब समुदायलाई पिडाको जिवन जिउन बाध्य बनाईरहेको छ । भाईरसको प्रकोप नेपालमा पनि बिस्तारै बढ्दो क्रममा रहेको तथ्याङकले देखाएको छ । कोरोना भाईरसको प्रकोपबाट बच्न र मानबिय सहयोगमा जुटन नेपाली कांग्रेस केन्द्रिय सदस्य एबम नेपाली जनसम्पर्क समिति केन्द्रिय बिभाग प्रमुख गोबिन्द भट्टराईले ओशियाना क्षेत्रका नेपाली जनसम्पर्क समितिका सदस्यहरुलाई निर्देशन दिएका छन ।

अष्ट्रेलिया, न्यूजिलेण्ड नेपाली जनसम्पर्क समितिका अध्यक्षहरु तथा संगठनका सदस्यहरुसँग अनलाईन भिडियो बैठक गर्दै भट्टराईले भाईरसबाट बच्न लकडाउन गर्नै पर्ने बाध्यत्मक परिस्थितिले थप समस्या श्रृजना हुंदा जनजिवन कष्टकर भएको छ, यस्तो दुःखद परिस्थितिमा संगठनका साथीहरु संगठित भएर राहत र सहयोगमा जुट्न निर्देशन दिएका छन ।

कुराकानीकै क्रममा भट्टराईले, संक्रमणबाट बच्न नेपाल सरकारलाई नेपाली कांग्रेसले तत्काल ५० लाखको सहयोग समेत गरेको तर जनता माझ ति सहयोग तुरुन्त पुग्न नसकेकोमा दुख लागेको बताए ।

योजनाबद्ध तरिकाले पूर्व सुचना नदिई नेपाल सरकारले लकडाउन गर्दा एक जिल्लाबाट अर्को जिल्ला र भारतमा काम गर्न गएका नेपालीहरु बिना काम त्यहा बस्ने स्थिति नरहे पछि घर फर्कन नसकेका कारण अहिले जनता सडकमा भोक भोकै सुत्न बाध्य भएका र सरकार सबै तमासा हेरेर बसेको उनले बताए । सरकारले गलत समयमा बिधेयक ल्याएर बिबादीत कार्य गर्दै जनतालाई भरोषा दिन नसकेको पुष्टि भएको पनि उनले बताए ।

पार्टिको आन्तरीक बिषयमा कुरा गर्दै भट्टराईले पार्टि जित्नेले चलाउने र हार्नेले सहयोग गर्ने बताउदै भागबण्डा गर्ने हैन भन्ने आफनो मान्यता रहेको बताए । साथै उनले सबै जनसम्पर्क समितिमा धेर थोर कमिकमजोरी र बिवादहरु रहेकोमा ति समस्याहरुको उचित हलका लागि आफूले कार्य गर्ने बताएका छन ।

२३ अप्रिल नेपाली समय अनुसार ३ बजे देखि ५ बजेसम्म चलेको सो अनलाईन बैठकको व्यवस्थापन एबम संयोजन नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरीले गरेका थिए । केन्द्रिय बिभागको निर्देशनमा बैठकका आयोजना गरीएको थियो भने उक्त बैठकमा उत्साहपूर्ण उपस्थिति भएको र सबैले बर्तमान परिस्थितिमा राहत बितरण लगायत मानबिय सहयोग जुटाईदिएकोमा गिरीले सबैलाई धन्यबाद व्यक्त गरेका थिए ।

मेडिकल, पोलिसी, राहत लगायतका ५ समितिको निर्माण गरी १०० जना बिद्यार्थी एबम पिडितहरुलाई राहत बितारण गर्ने कार्यमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया एनएसडब्लु राज्य समितिले कार्य गरीरहेको जानकारी गिरीले गराएका थिए ।

बैठकमा नेपाली जनसम्पर्क समिति न्यूजिलेण्डका अध्यक्ष बुद्धिसागर घिमिरे, नेपाली जनसम्पर्क समिति अष्ट्रेलिाका अग्रजहरु गणेश केसी, प्रेम सापकोटा, डा कृष्ण हमाल, डा डिल्लि बन्जाडे, सुरेश गुरुङ, राजन ढुङगेल, राजिब नर्सिङ केसी, पिआर अधिकारी, डिल्लि ढकाल, बुद्धि डल्लाकोटी, गोकुल घिमिरे, रोहित खड्का, निल थपलिया, अभिमानसिंह बस्नेत, दिलिप कुमार पोखरेल, राजेश केसी, भागिरथ सापकोटा, राजु अधिकारी, सितल गिरी, सुमिति केसी, सरोज पाण्डे, न्यूजिलेण्डबाट केश गुरुङ, घनश्याम सापकोटा लगायतले उपस्थिति जनाउदै कोरोना भाईरसको बारेमा जानकारीहरु प्रस्तुत गरेका थिए । बैठकले एकअर्कामा सामिप्यता बढाएको प्रसंसा गर्दै आगामी दिनमा निरन्तरता दिन सहभागिहरुले सुझाब समेत दिएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *