कतारमा जेलजिवन विताइरहेका १७ नेपालीले पाए आममाफी

news-details

कतार सरकारले त्यहाँका विभिन्न जेलमा रहेका १७ जना नेपालीलाई आममाफी दिएको कतारस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेकोमा यसमा परेर १७ नेपाली जेलमुक्त हुने भएका दूतावासले जनाएको छ ।

रिहा हुनेहरुमा १३ जना लागू औषध कारोबार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेकाहरु छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *