कतारको सनैया क्षेत्रमा संयुक्त अवलोकन, नेपालीहरु खुसी र सुरक्षित रहेको जानकारी
- बैशाख ६, २०७७
- 0

तिलु शर्मा, कतार/ कोरोना भाइरसका कारण बिगत एक महिनादेखि लक डाउनमा रहेको कतारको औद्योगिक क्षेत्र मानिने सनैया (१ देखि ३२ सम्म) को अबस्थाका बारेमा पहिलो पटक बिभिन्न समुदाय, मिडिया र प्रतिनिधिहरुले अबलोकन गरेका छन कतार सरकारका गृह मन्त्रालयका अधिकारीहरु, सुरक्षा अधिकारीहरु र नेपाली प्रतिनिधिहरुले उक्त क्षेत्रको अबलोकन गरेका हुन् ।
अबलोकन भ्रमणका लागि नेपालि समुदायका तर्फबाट गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद कतारका उपाध्यक्ष कुमार खड्का, महासचिब पदम गिरी तथा रास्ट्रिय मानब अधिकार समिति कतारका नेपाली सयोजक प्रो रमजान अलिमियाको सहभागिता रहेको थियो ।
भ्रमणका क्रममा लकडाउनमा रहेका नेपालीहरुको स्वास्थ्य अबस्था, खानपिन , तलबलगायतका प्रत्यक्ष सरोकार राख्ने बिषयमा सोधपुछ गरिएको थियो । उक्त क्षेत्रमा रहेका नेपालीहरुले आफुहरु खुसि र सुरक्षित रहेको, कतार च्यारिटीमार्फत कतार सरकारले खाना उपलब्ध गराएको र कम्पनीले न्युनतम तलब प्रदान गरेको बताए । उक्त क्षेत्रमा खरिद गरि खान चाहानेलाई खाद्यान्न स्टोर, रेमिट्यान्स, सपिङ सेन्टर, हेल्थ सेन्टरलगायतको राम्रो ब्यबस्था रहेको जानकारी गैर आवासीय नेपाली संघ कतारका महासचिब गिरीले जानकारी दिए । सो क्षेत्रमा रहने सबै नागरीक सुरक्षित र खुसि रहेको, बाहिर प्रचार गरिए जस्तो दुस्खी र पीडित नरहेको पनि महासचिव गिरीले बताए ।
भ्रमणका क्रममा सरकारी कर्मचारी र सुरक्षा अधिकारीहरुले लकडाउनमा रहेका सबै आफनो परिवार रहेको भन्दै उनीहरुको हरेक आवस्यकता कतार सरकारले पुरा गरिरहेको र आगामी दिनमा पनि गर्ने हुदा संयमित रहन र सकारात्मक संदेश प्रवाह गर्न आग्रह गरेको राष्ट्रिय मानव अधिकार समिति कतारका नेपाली संयोजक प्रो मियाले जानकारी दिए ।
दैनिक जसो सेनिटाइज गरि उक्त क्षेत्रलाई थप सुरक्षित रहेको सुनिस्चित गर्न कतार सरकारले बिस्तारै उक्त क्षेत्रलाइ खोल्ने तयारीमा रहेको समेत बताइएको छ । करिब १२ किलोमिटर क्षेत्रमा रहेको उक्त औद्योगिक क्षेत्रबाट १३ हजार टनभन्दा बढि फोहोर निकालिएको जानकारी कतारी सुरक्षा अधिकारीहरुले दिएका छन ।