बहराइनमा थप १० नेपालीमा देखियो कोरोना, संक्रमित नेपालीको संख्या २२ पुग्यो

news-details

खाडी मुलुक बहराइनमा थप १० जना नेपालीमा कोरोना संक्रमण भेटिएको छ । योसँगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुगेको छ ।

मनमामा रहेको नेपाली दूतावासले एक विज्ञप्ती जारी गर्दै ८ अप्रिल बुधबार आएको पछिल्लो अपडेट अनुसार थप १० नेपालीमा कोरोना संक्रमण भेटिएको पुष्टि भएको जानकारी दिएको छ ।

साथै दूतावासले अत्यावश्यक कामबाहेक आफु बसेको ठाउबाट बाहिर ननिस्कन र सजकता अपनाएर बस्न नेपाली समूदायलाई आग्रह पनि गरेको छ । यदी कोरोना संक्रमणको शंका भएमा बहराइनको स्वास्थ्य मन्त्रालयद्धारा उपलब्ध टोल फ्रि नम्मरमा सम्पर्क गर्न भन्दै दूतावासले कुनै समस्या परे नेपाली दूतावास तथा संघसंस्थामा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

यस्तै बहराइनमा अवैधानिक रुपमा बिना कागजात कार्यरत विदेशी कामदारहरुका लागि बैधानिक हुन वा बहराइन छोड्न ३१ डिसेम्बर २०२० सम्म बहराइनले समय दिएको दूतावासले जानकारी दिएको छ ।

बहराइनमा बुधबार ८ अप्रिलसम्म ५२ हजार ३५१ जनामा कोरोना संक्रमण परिक्षण गरिएकोमा संक्रमित व्यक्तिहरुको संख्या ३४९ जना भेटिएको, संक्रमणबाट निको भइ डिस्चार्ज हुनेको संख्या ४६७ पुगेको र हालसम्म मृतकको संख्या ५ जना पुगेको बताइएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *