प्रधानमन्त्री ओली र कुवेतका समकक्षीबीच संवाद

नेपालीको सुरक्षामा कुवेतले खुल्ला दिलले सहयोग गर्ने प्रतिबद्धता
news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा कार्यरत नेपालीहरुको सुरक्षा र उपचारबारे चासो दिने क्रममा आज कुवेतका प्रधानमन्त्री सबाह अल खालिद अल सबाहसँग टेलिफोन संवाद गरेका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणका समयमा त्यहाँ कार्यरत नेपालीको सुरक्षा र कल्याणको बारेमा आफूले चासो राखेकोमा कुवेतका प्रधानमन्त्रीले नेपालीहरुलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको ट्विट मार्फत जानकारी दिएका छन् ।

-रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *