कुवेतमा एक नेपालीमा भेटियो कोरोना संक्रमण, सचेत रहन दूतावासको अपिल

news-details

खाडी मुलुक कुवेतमा एक जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि कुवेतस्थित नेपाली राजदूतावासले त्यहाँ कार्यरत सम्पूर्ण नेपालीलाई सचेत रहन आग्रह गरेको छ ।

कुवेतमा पछिल्लो समय भेटिएका २८ जना नयाँ संक्रमित मध्ये एक जना नेपाली नागरिक रहेको कुवेतको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको दूतावासले बताएको छ । हालसम्म कुवेतमा कोरोना संक्रमितको संख्या ३१७ पुगेको छ ।

नेपालीलाई पनि कोरोना संक्रमण देखिएपछि कुवेतस्थित नेपाली दूतावासले विश्व स्वास्थ्य संगठन, नेपाल सरकार र कुवेत सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जानकारीहरु दिदै आएकोमा यसबाट बच्न प्राप्त निर्देशन पालना गर्न र सचेत रहन दूतावासले आग्रह गरेको हो ।

साथै दूतावासले कोरोना भाइरसप्रति नआत्तिन आग्रह गर्दै सजक, सचेत र सुरक्षित रहन भन्दै संक्रमित भएको शंका लागेमा अविलम्ब नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ । कोरोना भाइरस संक्रमणको थप जानकारी लिन परेमा कुवेतको स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न सकिनेसमेत दूतावासले बताएको छ ।

-मुकुन्द गैरे

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *