साउदी राजाले दिए कोरोना आशंका भएका सवै विदेशीको निःशुल्क उपचार गर्न आदेश

news-details

मुकुन्द गैरे / साउदी अरबका राजाले त्यहाँ ओभरस्टे भएका, गैरकानूनी वा जुनसुकै अवस्थामा रही कोरोनाको लक्षण देखिएका विदेशी नागरिकहरुको निःशुल्क उपचार गर्ने आदेश दिनुभएको छ ।

साउदीमा रहेको नेपाली राजदूतावासले हिजो सोमवार एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

साउदी अरबका दुई पवित्र मस्जिदहरुका संरक्षक साउदी राजा सलमानले साउदी अरबमा ओभरस्टे भएका लगायत सबैलाई कोरोना संक्रमणसँग सम्बन्धित उपचार निःशुल्क गर्न आदेश जारी गर्नुभएको दूतावासले जानकारी दिएको हो ।

यो आदेशबाट साउदी अरबमा भिषा कानून उल्लंघन गरी बसेका नागरिकहरुले समेत फाइदा लिन सक्नेछन् ।

साउदी राजाको आदेशसँगै साउदीका स्वास्थ्य मन्त्रीले कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका सबैले अस्पताल गएर परीक्षण गराउन सकिने बताउनुभएको छ ।

सोमबार साउदीले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या १४५३ पुगेको छ ।

सोमबार थप १५४ जनामा संक्रमण भएको छ । कुल संक्रमितहरु मध्ये हालसम्म ११५ जना निको भएका छन् र ८ जनाको संक्रमणबाट निधन भएको छ । प्राप्त जानकारी अनुसार हिजो सम्म नेपालीहरूमा संक्रमण छैन ।

राहदानी नवीकरण गर्ने आवेदन भर्न राजदूतावास आउनका लागि साउदीका विभिन्न स्थानमा रहेका केही नेपालीहरुले दैनिक जसो फोन गरिरहेको पनि दूतावासले बताएको छ ।

राहदानीको म्याद ८–९ महिना भन्दा बढी भएका र राहदानीमा पेज बाँकी भएका नेपालीहरुले राहदानी नवीकरणका लागि हतार गर्नु आवश्यक नरहेको दूतावासले जानकारी दिएकोे छ ।

कोरोना भाइरसका कारण सिर्जना भएको हालको अवस्था सामान्य भएपछि नेपाली राजदूतावासले राहदानी आवेदनमा सहजहुने गरी व्यवस्था गर्ने पनि जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *