ओमानमा झापाली समाज गठन, अध्यक्षमा थापा

news-details

मस्कट/ वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक ओमानमा कार्यरत झापा जिल्लाबासीहरुले झापाली समाज, ओमान गठन गरेका छन् ।

विश्वभरि छरिएका झापालीहरुको छाता सङ्गठन अन्तर्राष्ट्रिय झापाली समाजको एक राष्ट्रिय समितिको रूपमा ओमानको झापाली समाज स्थापना भएको हो । झापाली समाज ओमानले केशब थापाको नेतृत्वमा १२ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । लामो समयदेखि ओमानमा कार्यरत थापा ओमानको नेपाली सामाजिक जीवनमा परिचित, सहयोगी र जुझारु व्याक्तित्व हुन् ।

समितिको उपाध्यक्षमा मान ब. श्रेष्ठ र पवन शाक्य निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा भुमिराज दाहाल र सचिवमा हरि घिमिरे नियुक्त भएका छन् ।

ओमानमा रहेका झापालीहरुलाई एकताको मालामा उनेर सहयोग र सहकार्य गर्ने उदेश्यले स्थापित यो समाजको कोषाध्यक्षमा विष्णु श्रेष्ठ, सह–कोषाध्यक्षमा शान्ता पराजुली चयन भएका छन् । ओमानमा रहेका झापालीहरुबीच सुखदुःखमा साथ दिने प्रण गर्दै बनेको समितिको सदस्यहरुमा मन्जु माझी, कुन्दन श्रेष्ठ, महेन्द्र राइका मगर, राकेश मगर र शोभादेवी राई रहेका छन् ।

गत ६ मार्चका दिन ओमानको राजधानी मस्कटमा रहेको फ्लोरा फार्म हाउसमा आयोजित झापाली समाज ओमान गठन तथा बनभोज भेलामा नवनिर्वाचित पदाधिकारीलाई अन्तर्राष्ट्रिय झापाली समाजका सल्लाहकार तथा एनआरएन ओमानका निवर्तमा अध्यक्ष दिपक श्रेष्ठले सपथ खुवाएका थिए ।

कार्यक्रममा एनआरएनएका प्रवक्ता डिबि क्षेत्री, एनआर एन सोसल क्लब ओमानका उपाध्यक्ष पुर्णबहादुर श्रेष्ठ, सामाजिक अभियन्ता तथा नेपाली बुद्ध भिजन ओमानका सल्लाहकार ओमकार तामाङ लगायत सगरमाथा समूह ओमानका सल्लाहकार रमेश लिम्बुले बधाई साथै सफल कार्यकालको शुभकामना प्रदान गरेका थिए ।

नवगठित समितिका अध्यक्ष केशव थापाले ओमानमा हुने सामाजिक कार्य लगायत झापा र नेपाल अनि नेपालीका लागि केन्द्रित रहेर सामाजिक कार्यलाई अघि बढाउने प्रतिवद्धता जनाए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *