जनउद्धार केन्द्र मलेसियाको संजाल पेनाङ्ग राज्यको रेलाउ शहरमा विस्तारित

news-details

पछिल्लो समय आफ्नो संजाल विस्तारलाई तिब्रदा दिदै आएको जनउद्धार केन्द्र मलेसियाले पेनाङ्ग राज्यको रेलाउ शहरमा आफ्नो नयाँ सम्पर्क समिती गठन गरेको छ ।

केन्द्रका केन्द्रिय अध्यक्ष केशु थापाको अध्यक्षतामा बसेको भेलालृ सर्वसम्मतरुपमा भुपाल बुढाथोकीको अध्यक्षतामा रेलाउ सम्पर्क समिती गठन गरेको हो । उक्त भेलाको संयोजन थिर कटुवालले गरेका थिए भने केन्द्रिय सचीव शंकर देव आचार्यले सहजीकरण गरेका थिए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शेर बहादुर श्रेष्ठ र कोषाध्यक्ष देबेन्द्र गिरिले नब गठित सम्पर्क समितिलाई बधाई र शुभकामना दिदै मन्तब्य राखेका थिए ।

बुढाथोकीको नेतृत्वमा गठित सम्पर्क समितिकोको उपाध्यक्षमा पत्र जंङ्ग राना, रिता तामाङ र निरोज थापा, सचिबमा हेमराज बंजारा, सहसचिबमा रमेश मुक्तान, कोषाध्यक्षमा शिव कुमार आलेमगर चयन भएका छन ।

यस्तै २३ सदस्यीय समितिका सदस्यहरुमा चित्र बहादुर बि.क, तारा बलाल, प्रीतम खड्का, नरेश श्रेष्ठ, प्रदीप केसि, जित बहादुर मगर, सागर बोगटी, गणेश लामा, ज्ञान बहादुर अधिकारि, दिपेन्द्र कटुवाल, रोसन कुमार शाह, रबिनाथ तामाङ् र जनक भुजेल चयन भए भने सल्लाहकारमा गंगा माखिम, फुर्बा शेर्पा र संजय थापालाई चयन गरेको छ ।

नवगठित सम्पर्क समितिका पदाधीकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिदै केन्द्रिय अध्यक्ष केशु थापाले संस्थाको हित बिपरित कुनै पनि कार्य नगर्न सुझाएका छ्न ।

सोही कार्यक्रममै अध्यक्ष थापा लगायत केन्द्रिय कमिटीका पदाधिकारीले रेलाउ सम्पर्क समितिको संस्था दर्ताको प्रमाणपत्र प्रतिलिपी, संस्थाको बिधान र सदस्यता पत्र हस्तान्तरण गरेका थिए ।

जनउद्धार केन्द्र मलेसिया सरकारबाट मान्यता प्राप्त सामाजिक संस्था हो । यस संस्थाले नेपाली दूतावास तथा आफन्तहरुसँगको सहकार्यमा मलेसियाको जेलमा रहेका सयौ नेपालीका साथै अशक्त भएर अलपत्र परेका झण्डै आधा दर्जन नेपालीलाई स्वदेश फर्काउन सफल भइसकेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *