कोरियामा कोरोना त्रास :  सावधानी अपनाउन नेपाली दूतावासको आब्हान

news-details

कोरोना भाइरसको संक्रमण दक्षिण कोरियामा पनि फैलन थालेपछि त्यहाँ कार्यरत नेपालीलाई सावधानी अपनाउन नेपाली दूतावासले आग्रह गरेको छ ।

सिओलस्थित नेपाली दूतावासले एक विज्ञप्ती निकाल्दै पछिल्लो समय दक्षिण कोरियामा कोरोना संक्रमणदर बढेको र यसबाट नेपालीहरु पनि संक्रमित हुन सक्ने खतरा रहेको भन्दै विशेष सावधानी अपनाउन नेपाली समूदायलाई आग्रह गरेको हो ।

दूतावासले कोरोना संक्रमणको शंका लागेमा सार्वजनिक स्वास्थ्य संस्थामा गई जाँच गर्न पनि नेपालीहरूलाई सुझाएको छ । अवैध रूपमा रहेका कामदारलाई पनि कोरिया सरकारले केही नगर्ने सहमति गरेकाले उपचारका लागि अस्पताल जान दूतावासले आग्रह गरेको छ ।

चिनको बुहान राज्यबाट सुरु भएको कोरोना भाइरसबाट कोरियामा ४ सयभन्दा बढी संक्रमित भैसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन । कोरियाको थुगु तथा आसपासका क्षेत्रमा कोरोना संक्रमित बढन थालेपछि नेपाली दूतावासले सचेत र सर्तक रहन अपिल गरेको हो ।

हेर्नुहोस दूतावासको अपिल

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *