नेपाली व्यवसायी संघ कतारका नवनिर्वाचित कार्यसमितिले कतारका लागि नेपाली राजदुत डा. नारदनाथ भारद्वाजसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका छन् ।

कतारमा विभिन्न क्षेत्रमा व्यवसायलाई आफ्नो मूख्य कर्म बनाएका नेपाली व्यवसायीहरुको छाता संस्थाका रुपमा स्थापित संघको भर्खरै सम्पन्न पहिलो महाधिबेशनले चयन गरेको नयाँ कार्यसमितिका पदाधिकारी र दूतावासबीच परिचयात्मक तथा समसामयिक विषयमा छलफल गरिएको संघका अध्यक्ष महेन्द्र चौलागाईले जानकारी दिए ।

संघको भर्खरै सम्पन्न अधिवेशनले चौलागाईकै अध्यक्षतामा ४ बर्षका लागि नयाँ कार्यसमिति िनिर्विरोध निर्वाचित भएको छ । संघको कार्यसमतिको पहिलो बैठकले मनोनितबाट चयन गर्नु पर्ने २ जना सदस्य तथा सल्लाहकार समिति, संरक्षक, प्रवक्ता र प्रचार प्रसार विभागलाई समेतलाई पूर्णता दिए संगै यो कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

भेटघाटका क्रममा संघले नेपाली दुतावासमा दुई वर्ष पहिले नै दुतावासमा सुचिकृत गरिएको संघको नयाँ कार्यसमितिको नामावली समेत बुझाएको छ । २०२०–२४ का लागि चयन भएका नयाँ कार्यसमितिको नामावली बुझ्दै राजदूत डा. नारदनाथ भारद्वाजले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिए । राजदूत भारद्वाजले भने–‘ समग्र नेपाल र नेपालीको पहिचानकारुपमा रहेका नेपाली व्यवसायीहरुले सधैं मर्यादित, विश्वसनिय र उदाहरणिय काम गर्नेमा विश्वस्त रहेको र चार वर्षे कार्यकालमा केही दिर्घकालिन योजना ल्याएर काम गर्नुहोस् ।’

नेपाली व्यवसायी संघ कतारका नवनिर्वाचित पदाधिकारी र राजदूतबीच भेटवार्ता

राजदूत भारद्वाजलाई व्यवसायी संघले श्रम स्वीकृति अनिवार्य लिनु पर्ने प्रावधान हटाउन अनुरोेध गरे । अध्यक्ष चौलागाईले भने–‘करोडौंको लगानी गरेर व्यवसाय सञ्चालन गर्दा पनि नेपाल सरकारले व्यवसायीलाई पहिचान नगर्दा झन्झटिलो प्रकृया मार्फत श्रम स्वीकृती गर्नु पर्ने व्यवस्था हटाउन दुतावासले सहजिकरण गरिदिनुहुन आग्रह गर्दछौ ।’

नेपाली व्यवसायी संघ कतारका पदाधिकारी
अध्यक्ष महेद्र प्रसाद चौलागाई
उपाध्यक्ष  राजेन्द्र कुमार शर्मा
उपाध्यक्ष  नरेन्द्र बहादुर भाट
उपाध्यक्ष   राज रेग्मी
उपाध्यक्ष   सागर नेपाल
उपाध्यक्ष  प्रकाश कोइराला
महासचिव  रमेश भट्ट
सचिब    पुर्ण पोखरिया
सचिब  सुनिल कुमार घिमिरे
कोषाध्यक्ष  चुडामणी कार्की
सहकोषाध्यक्ष   अब्दुल वासिद
सदस्यहरु
राम कुमार श्रेष्ठ
नविन सत्याल
युवराज शर्मा
पिताम्बर चापागाई
धनबहादुर बलायर
रामु रेग्मी
बालकृष्ण शर्मा
सुरज बुढाथोकी

संरक्षकः
डा. देबकाजि डंगोल
समीर मास्के
बद्री प्रसाद पाण्डे

सल्लाहकार संयोजक
टि बि कार्की

सल्लाहकार सदस्य
डा. नितेश अर्याल
ई प्रदीप कुमार झा
परशुराम दाहाल
मधुकर रिजाल
बिकाश प्रसाइ
प्रबिन गुरुङ
मोहम्मद मुक्तदा मुसलमान
शंकर न्यौपाने

प्रबक्ता
युबराज शर्मा
मनोनित सदस्य अर्जुन मुडबरी र राजेन्द्र देबकोटा
प्रचार प्रसार बिभाग संयोजक प्रबक्ता युबराज शर्मा र उपसंयोजकमा दिप जंग शाह मनोनित