कुवेतमा कार्यस्थलको ढिस्को खस्दा पुरिएर ४ नेपालीको मृत्यु ३ घाइते

news-details

कुवेतको एक निर्माणस्थलमा काम गरिरहेको अवस्थामा ढिस्को खस्दा पुरिएर ४ नेपालीको ज्यान गएको छ भने ३ जना घाइते छन् ।

कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा बुधबार खसेको बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर ४ नेपालीको ज्यान गएको अरब टाइम्सले जनाएको छ । घटनामा ज्यान गुमाउने र घाइते भएका नेपालीको पहिचान भने खुलाइएको छैन । ढिस्कोमा पुरिएर घाइते भएका ३ जनाको उपचार भइरहेको छ ।

निर्माणस्थलमा ढल निर्माणको काम गरिरहेका बेला ढिस्को खस्दा ७ जना पुरिएको र उनीहरुलाई तत्काल उद्धार गरेर अस्पताल लगिएकोमा ४ को ज्यान गएको अरब टाइम्सले जनाएको छ । यी सबै कामदार एक चिनियाँ कम्पनीमा कार्यरत रहेको जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *