कतारको राष्ट्रिय खेलकुद दिवसमा फुटवल प्रतियोगिता आयोजना, व्रिटिश राजदुतावासले उचाल्यो ट्रफि

news-details

कतारको राष्ट्रिय खेलकुद दिवसको अवसरमा नेपालस्थित कतार राजदुताबासले आयोजना गरेको फुटवल प्रतियोगितामा व्रिटिश राजदुतावास बिजयी भएको छ ।

मंगलबार ललितपुरको हात्तिवनस्थित हिमालयन स्पोर्टस् एरिनामा आयोजित फुटवल प्रतियोगितामा कतार राजदुतावास नेपालसहित ८ वटा टिमको सहभागिता रहेको थियो । लिग चरणबाट खेल्न शुरू गरिएको खेलमा ८ वटै टिमले एक अर्कासंग प्रतिस्पर्धा गरेका थिए ।

कतार राजदुताबास, कतार च्यारिटि, रसियन राजदुतावास नेपाल, व्रिटिश राजदुतावास नेपाल लिग चरणबाट खेल जितेर सेमिफाइनल प्रवेश गरेका थिए । सेमिफाइनलमा भने कतार राजदुताबास व्रिटिश राजदुतावाससंग पराजित भएको थियो भने कतार च्यारिटि रसियन राजदुवाससंग पराजित भएको थियो ।

हरेक खेललाई ३० मिनेटको अवधि तोकिएको भएपनि खेल अत्यन्त रोमाञ्चकारी भएको थियो । फाइलनमा व्रिटिश राजदुताबासले रसियन राजदुतावासलाई ३ गोलका विरूद्द ६ गोल गरी पराजित गरेको थियो । खेलमा विजयभएसंगै व्रिटिश टिमले मेडलसंगै ट्रफि प्राप्त गर्यो भने रसियन टिमका खेलाडीले मेडल प्राप्त गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *