कतारमा रहेका नेपाली व्यवसायीहरुको साझा संस्था नेपाली व्यवसायी संघ कतारको प्रथम अधिवेशनले अध्यक्षमा पुनः महेन्द्र चौलागाईलाई सर्वसम्मत चयन गरेको छ । कतारको दोहामा सम्पन्न संघको प्रथम ऐतिहासिक अधिवेशनले चौलागाईको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न संघको प्रथम अधिवेशनमा बिशेष अतिथीकारुपमा नेपाली दुतावासका नियोग उप–प्रमुख लक्ष्मण खनाल रहनुभएको थियो ।

नेपाली व्यवसायी संघ कतारको अध्यक्षमा पुनः चौलागाई, नेपालमा लगानी भित्र्याउन पहल गर्ने

चौलागाईको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा एनआरएनए आइसीसी सचिवसमेत रहेका राजेन्द्र कुमार शर्मा (आरके), नरेन्द्र बहादुर भाट, राज रेग्मी, सागर नेपाल र प्रकाश कोइराला चयन भएका छन । त्यसैगरी महासचिवमा रमेश भट्ट, सचिबमा पुर्ण पोखरिया र सुनिल कुमार घिमिरे, कोषाध्यक्षमा चुडामणी कार्की र सहकोषाध्यक्षमा अब्दुल वासिद चयन भएका छन् । यस्तै सदस्यहरुमा राम कुमार श्रेष्ठ, नबिन सत्याल, युबराज शर्मा, पिताम्बर चापागाई, धन बहादुर बलायर, रामु रेग्मी, बालकृष्ण शर्मा र सुरज बुढाथोकी चुनिएका छन् । २१ सदस्यीय कार्यसमिति रहनेमा बाकी २ सदस्य संघको प्रथम बैठकले मनोनयन गर्ने जानकारी दिइएको छ ।

नेपाली व्यवसायी संघ कतारको अध्यक्षमा पुनः चौलागाई, नेपालमा लगानी भित्र्याउन पहल गर्ने

अधिवेशनमा बोल्दै प्रमुख अतिथिसमेत रहेका गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले कतारमा रहेका व्यवसायीहरुले एनआरएनए अभियानमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि व्यवसायीहरुको एकता कायम रहनेमा आफु आशावादी रहेको बताएका थिए । यसैगरी पन्तले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न कतारमा रहेका सम्पूर्ण नेपाली व्यवसायीहरुलाई आ–आफ्नो ठाँउबाट भूमिका खेल्नसमेत आग्रह गरेका थिए ।

यसैबीच कार्यक्रममा नेपाली राजदूतावास दोहाबाट सेवा सेवानिबृत भई नेपाल फर्कन लागेका श्रम सहचारी नरेन्द्र ज्ञवाली र श्रम काउन्सिलर शिवराम पोखरेललाई व्यवसायी संघले विदाई तथा सम्मान गरेको थियो । यस्तै गल्फ टाईम्सका प्रतिनिधि उशा वाग्ले र शिवराज गौतमले संस्था पु¥याएको योगदानको कदर गर्दै मायाको चिनोका साथ सम्मान गरिएको थियो ।

नेपाली व्यवसायी संघ कतारको अध्यक्षमा पुनः चौलागाई, नेपालमा लगानी भित्र्याउन पहल गर्ने

संस्थाका महासचिव सागर नेपालले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष नरेन्द्र बहादुर भाटले स्वागत मन्तव्य राखेका थिए भने अर्का उपाध्यक्ष आरके शर्माले सामाजिक उत्तरदायीत्वसहितको व्यवसाय बारे प्रष्ट पारेका थिए । यस्तै कार्यक्रममा मेडिकल व्यवसायी डा. नितेस अर्याल तथा एनआरएनएका मध्यपूर्व संयोजक प्रविन गुरुङ्गले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाली व्यवसायी संघ कतारको अध्यक्षमा पुनः चौलागाई, नेपालमा लगानी भित्र्याउन पहल गर्ने

कार्यक्रममा संस्थाका संरक्षक देबकाजी डंगोल तथा अतिथिकारुपमा संस्थाका सल्लाहकार तथा एनआरएनए आइसीसी सल्लाहकार टि.बी कार्की र पर्शुराम दाहालको सहभागिता रहेको थियो ।

नेपाली व्यवसायी संघ कतारको अध्यक्षमा पुनः चौलागाई, नेपालमा लगानी भित्र्याउन पहल गर्ने

कार्यक्रमको समापन गर्दै संघका अध्यक्ष महेन्द्र चौलागाईले कतारमा रहेका सम्पूर्ण नेपाली व्यवसायीहरुलाई एकत्रित गर्ने अभियानमा आफुहरु प्रतिवद्ध भएर लाग्ने बताउँदै यस कार्यमा सहयोग पु¥याउन सबै व्यवसायीहरुलाई आग्रह गरेका थिए । साथै उनले कतारी र नेपाली व्यवसायीहरुबीच सुमधुर सम्वन्ध स्थापित गर्दै स्वदेशमा लगानी भित्र्याउने पहल थालिनेसमेत बताए । उनले भने–‘कतारमा रहेका नेपाली व्यवसायीहरुको अन्य मुलुकका समुदायसँग समान हैसियत बनाउने र नेपालमा धेरै भन्दा धेरै लगानी भित्र्याउन काम गर्नेछौ ।’

नेपाली व्यवसायी संघ कतारको अध्यक्षमा पुनः चौलागाई, नेपालमा लगानी भित्र्याउन पहल गर्ने

कतारमा रहेका नेपाली व्यवसायीहरु २ बर्ष अगाडि एकिकृत भएर संघको स्थापना गरेका हुन् । कतारमा रहेका नेपाली व्यवसायीहरुको सामुहिक आवाज बन्नका साथै कतार र नेपालको व्यवसायीहरुको सम्बन्ध सुमधुर बनाउँदै नेपालमा लगानी ल्याउनका लागि संघले काम गर्दै आएको छ ।