नेपाली व्यवसायी संघ कतारको अध्यक्षमा पुनः चौलागाई, नेपालमा लगानी भित्र्याउन पहल गर्ने

news-details

कतारमा रहेका नेपाली व्यवसायीहरुको साझा संस्था नेपाली व्यवसायी संघ कतारको प्रथम अधिवेशनले अध्यक्षमा पुनः महेन्द्र चौलागाईलाई सर्वसम्मत चयन गरेको छ । कतारको दोहामा सम्पन्न संघको प्रथम ऐतिहासिक अधिवेशनले चौलागाईको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न संघको प्रथम अधिवेशनमा बिशेष अतिथीकारुपमा नेपाली दुतावासका नियोग उप–प्रमुख लक्ष्मण खनाल रहनुभएको थियो ।

चौलागाईको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा एनआरएनए आइसीसी सचिवसमेत रहेका राजेन्द्र कुमार शर्मा (आरके), नरेन्द्र बहादुर भाट, राज रेग्मी, सागर नेपाल र प्रकाश कोइराला चयन भएका छन । त्यसैगरी महासचिवमा रमेश भट्ट, सचिबमा पुर्ण पोखरिया र सुनिल कुमार घिमिरे, कोषाध्यक्षमा चुडामणी कार्की र सहकोषाध्यक्षमा अब्दुल वासिद चयन भएका छन् । यस्तै सदस्यहरुमा राम कुमार श्रेष्ठ, नबिन सत्याल, युबराज शर्मा, पिताम्बर चापागाई, धन बहादुर बलायर, रामु रेग्मी, बालकृष्ण शर्मा र सुरज बुढाथोकी चुनिएका छन् । २१ सदस्यीय कार्यसमिति रहनेमा बाकी २ सदस्य संघको प्रथम बैठकले मनोनयन गर्ने जानकारी दिइएको छ ।

अधिवेशनमा बोल्दै प्रमुख अतिथिसमेत रहेका गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले कतारमा रहेका व्यवसायीहरुले एनआरएनए अभियानमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि व्यवसायीहरुको एकता कायम रहनेमा आफु आशावादी रहेको बताएका थिए । यसैगरी पन्तले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न कतारमा रहेका सम्पूर्ण नेपाली व्यवसायीहरुलाई आ–आफ्नो ठाँउबाट भूमिका खेल्नसमेत आग्रह गरेका थिए ।

यसैबीच कार्यक्रममा नेपाली राजदूतावास दोहाबाट सेवा सेवानिबृत भई नेपाल फर्कन लागेका श्रम सहचारी नरेन्द्र ज्ञवाली र श्रम काउन्सिलर शिवराम पोखरेललाई व्यवसायी संघले विदाई तथा सम्मान गरेको थियो । यस्तै गल्फ टाईम्सका प्रतिनिधि उशा वाग्ले र शिवराज गौतमले संस्था पु¥याएको योगदानको कदर गर्दै मायाको चिनोका साथ सम्मान गरिएको थियो ।

संस्थाका महासचिव सागर नेपालले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष नरेन्द्र बहादुर भाटले स्वागत मन्तव्य राखेका थिए भने अर्का उपाध्यक्ष आरके शर्माले सामाजिक उत्तरदायीत्वसहितको व्यवसाय बारे प्रष्ट पारेका थिए । यस्तै कार्यक्रममा मेडिकल व्यवसायी डा. नितेस अर्याल तथा एनआरएनएका मध्यपूर्व संयोजक प्रविन गुरुङ्गले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका संरक्षक देबकाजी डंगोल तथा अतिथिकारुपमा संस्थाका सल्लाहकार तथा एनआरएनए आइसीसी सल्लाहकार टि.बी कार्की र पर्शुराम दाहालको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापन गर्दै संघका अध्यक्ष महेन्द्र चौलागाईले कतारमा रहेका सम्पूर्ण नेपाली व्यवसायीहरुलाई एकत्रित गर्ने अभियानमा आफुहरु प्रतिवद्ध भएर लाग्ने बताउँदै यस कार्यमा सहयोग पु¥याउन सबै व्यवसायीहरुलाई आग्रह गरेका थिए । साथै उनले कतारी र नेपाली व्यवसायीहरुबीच सुमधुर सम्वन्ध स्थापित गर्दै स्वदेशमा लगानी भित्र्याउने पहल थालिनेसमेत बताए । उनले भने–‘कतारमा रहेका नेपाली व्यवसायीहरुको अन्य मुलुकका समुदायसँग समान हैसियत बनाउने र नेपालमा धेरै भन्दा धेरै लगानी भित्र्याउन काम गर्नेछौ ।’

कतारमा रहेका नेपाली व्यवसायीहरु २ बर्ष अगाडि एकिकृत भएर संघको स्थापना गरेका हुन् । कतारमा रहेका नेपाली व्यवसायीहरुको सामुहिक आवाज बन्नका साथै कतार र नेपालको व्यवसायीहरुको सम्बन्ध सुमधुर बनाउँदै नेपालमा लगानी ल्याउनका लागि संघले काम गर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *