युएईमा सवारी दुर्घटना : मृत्यु हुने नेपालीको संख्या ३ पुग्यो, १४ जना घाइते (दुर्घटनाको भिडियोसहित)

news-details

युएईको आबुधाबीमा बिहीबार भएको सवारी दुर्घटनामा परी ३ नेपालीको ज्यान गएको छ भने १४ नेपाली घाइते भएका छन् ।

एमबीएम कम्पनीमा कार्यरत नेपाली चढेको बस बिहीबार बिहान अल रहा भन्ने स्थानमा गुडिरहेको लरीमा ठोक्किएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी ६ जनाको मृत्यु भएकोमा त्यसमा ३ जना नेपाली रहेको युएईस्थित नेपाली दुतावासले पुष्टि गरेको छ ।

मृत्यु हुनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङ रहेको नेपाली दूतावास अबुधाबीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरूमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई, इलामकी सीता सुब्बा, मकवानपुरकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह, ललितपुरकी कमला नेपाली, दाङकी आशा घर्ती मगर, नुवाकोटकी सरिता तामाङ, सुनसरीकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा रहेका छन ।

घाइतेहरुमध्ये निर्मला प्रजा सामान्य उपचारपछि क्याम्प फर्किएकी छिन् भने अन्य १३ जनाको आबुधाबीको मफरक, एनएमसी र अल रहा अस्पतालमा उपचार भइरहेको छ। बसमा चालकसहित २४ सवार थिए ।

दुर्घटनाको खबरपाएलगत्तै आबुधाबीस्थित नेपाली दूतावासका राजदुत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रीता धिताल, श्रम काउन्सुलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकारी इरफान आलम अस्पताल पुगेका छन ।

हेर्नुहोस भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *