ओमानमा मिनि नेपाल महोत्सवसंगै भ्रमण बर्ष २०२० उद्घाटनको तयारी

news-details

नेपाली दूतावास ओमानले आउने शुक्रबार १० जनवरी २०२० का दिन औपचारिक रुपमा नेपाल महोत्सव आयोजना गरि भ्रमण बर्षको सुरुवात गर्ने भएको छ । दुतावासले मस्कट भन्दा १३४ किमि टाढा रहेको इम्टि भिलेजमा मिनि नेपाल महोत्सव गर्न लागेको र शुक्रवार ३ बजे औपचारिक रुपमा उद्घाटन गरिने कार्यक्रम रहेको जानकारी दिएको छ ।

महोत्सवमा नेपाली खानाका परिकारहरुसहित नेपाली भेषभुषा तथा नेपाली उत्पादनका सामानहरु समेत प्रदर्शन गरिने र जसका लागि त्यहाँ रहेका लगभग १५०० ओमानी नागरिकहरुलाइ निमन्त्रणा गरिएको दुतावासले जनाएको छ । यस्तै कार्यक्रममा सहभागी सबै पाहुनाहरुको लागि नेपालि खानाका परिकारसहित नेपाल बारे प्रचार प्रसार गरिने कार्यक्रम रहेको पनि दुतावासको भनाई छ ।

नेपाली दूतावास मस्कटले आयोजना गरेको यस कार्यक्रममा एनआरएन सोसल क्लब ओमानसहित ओमानमा रहेका नेपाली संघसंस्थाहरु समेतको सहयोग रहेको छ । कार्यक्रममा खटिएका स्वयंसेवकहरुका लागि दूतावासले यातायात सुबिधाको व्यवस्था गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि H.E. शेख खलिफा अल हार्थी र कुटनैतिक निकायका उच्च पदस्थ अधिकारीहरुका साथै संचारकर्मीहरुको सहभागीता रहने छ ।

नेपाल महोत्सव ओमानमा पहिलो पटक हुन लागेको र यसले नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने आशा राखेको नेपालका लागि ओमानका राजदुत शर्मिला पराजुली ढकालले बताइन । उनका अनुसार नेपाल महोत्सव लगत्तै एक महिनाको लागि मस्कट फेस्टिभलमा पनि नेपाली स्टल राखिने र यसमा पनि ओमानस्थित नेपाली संघ संस्थाहरुले सहयोग गर्ने आशा राखेको बताइन । साथै अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरेर भ्रमण बर्ष २०२० लाइ प्रचार प्रसार गरिने राजदूत ढकालले बताइन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *