मलेसियाका सन्तोष कार्कीलाई मातृ शोक

news-details

एनआरएन मलेसियाका सदस्य तथा हिमालय फुटवल क्लव मलेसियाका अध्यक्ष सन्तोष कार्कीलाई मातृ शोक परेको छ । आमा मनमाया कार्कीको ९७ बर्षको उमेरमा इलामको चुलाचुलीमा निधन भएको हो ।

१९८९ चैत्र ३० गते जन्मिएकी आमाको २०७६ पौष १५ गते निधन भएको थियो । आमा मनमायाँ सामाजिक काममा सक्रिय हुनुका साथै सबैको मन मनमा बस्न सफल भएको आफन्तहरुको भनाई छ ।

मलेसियामा व्यवसायको अलावा सामाजिक कार्यमा पनि सक्रिय छोरा कार्कीलाई परेको मातृ शोकप्रति उनका आफन्त, शुभचिन्तकहरुले दुःख व्यक्त गरेका छन् । मलेसियामा भर्खरै त्यहाँको सरकारबाट वैधानिकता लिन सफल हिमालय फुटवल क्लवका अध्यक्ष रहेका कार्कीले नेपाल र मलेसियालाई खेलकुदबाट जोड्न विभिन्न काम गर्दै आएका छन् ।

कार्कीका ५ जना दाजुभाईसहित बुवा शेरबहादुर कार्की रहनुभएको छ । कार्कीलाई परेको मातृ शोकलाई एनआरएन मलेसियाले पनि समवेदना प्रकट गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *