चौलागाई बने नेपाल चेम्बर अफ कमर्शको कतार प्रतिनिधि

news-details

नेपाल चेम्बर अफ कमर्शको कतार प्रतिनिधिमा नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाई नियुक्त भएका छन् । चौलागाई कतारमा सफल नेपाली व्यवसायी हुन् ।

नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले बिहीबार चौलागाईलाई कतार प्रतिनिधिको (अनररी ट्रेड रिप्रिजेन्टिभ) सर्टिफिकेट हस्तान्तरण गरेका छन् । नेपाल र कतारका व्यवसायीहरुबीच सम्बन्ध स्थापित गर्नुका साथै कतारी व्यवसायीहरुको लगानी स्वदेशमा ल्याउनका लागि चौलागाईको नियुक्तिसँगै सहज हुने अपेक्षा गरिएको चेम्बर अफ कर्मशले जनाएको छ ।

नेपाल चेम्बर अफ कमर्श समग्र नेपाली व्यवसायीहरुको साझा संस्था हो । यसले नेपाली व्यवसायी तथा व्यापार विस्तारमा सहजीकरण गर्दै आएको छ ।

दुई बर्ष अगाडि कतारमा व्यवसाय गरिरहेका नेपाली व्यवसायीहरु संगठित भएर नेपाली व्यवसायी संघ कतारको स्थापना गरेका थिए । कतारमा रहेका व्यवसायी र नेपालका व्यवसायीहरुबीच पुलको काम गर्नका लागि अव धेरै सहज हुने अध्यक्ष चौलागाईले बताए । उनले भने–‘नेपालका व्यवसायी र कतारी व्यवसायीसँगको सम्बन्ध स्थापित गर्न अव बाटो खुलेको छ ।’

प्रमाणपत्र हस्तान्तरणमा संघका सचिव उमेश अधिकारीको पनि उपस्थिती रहेको थियो । नेपाली व्यवसायी संघले आगामी जनवरी ३१ मा पहिलो महाधिबेशन गर्दैछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *