जनउद्धार केन्द्र मलेसियाको संजाल पेनाङ्गको राजाउडामा विस्तार

news-details

जनउद्धार केन्द्र मलेसियाले पेनाङ्ग राज्यको राजाउडा शहरमा सम्पर्क समिती गठन गरेको छ । केहि समयअघि मात्र मलेसिया सरकारबाट समेत मान्यता पाएको केन्द्रले मलेसियामा आफ्नो संजाल विस्तारलाई तिब्रता दिइरहेको छ ।

जस अनुसार नै २९ डिसेम्बर २०१९ का दिन जनउद्धार केन्द्रका अध्यक्ष केशु थापा, बरिस्ठ उपाध्यक्ष शेर बहादुर श्रेष्ठ, सचिब शंकर देब आचार्य र सह सचिब बालकृष्ण आचार्यसहितको उपस्थितिमा राजाउडामा २३ सदस्यीय सम्पर्क समिती चयन गरिएको छ ।

उक्त समितिको अध्यक्षमा दिल बहादुर परियार, उपाध्यक्षमा दुर्गेश बर्देवा र हरिओम पटेल, सचिबमा सुवास तामाङ्ग, सहसचिबमा महेश गिरि, कोषाध्यक्षमा गणेश बिश्वकर्मा तथा सदस्यहरुमा बिनोद कुमार कुशबाह, राजेश बिश्वकर्मा, सुमन सुजि, रोजन कार्की, प्रदिप कार्की, राजु लामा, धनसिं लिम्बू, गंगा बिक, पदम बिक, मोहन बिक, मोहम्मद शेखावत, लक्ष्मि बिश्वकर्मा, रामकुमार तामाङ र सुन लामा तामाङ चयन भएका छन ।

सम्पर्क समिति गठनका पहलकर्ता संन्जय कुमार अधिकारीलाई उक्त भेलाले सल्लाहकारमा चयन गरेको छ ।

केन्द्रका अध्यक्ष केशु थापाले विस्तारित नयाँ सम्पर्क समितिलाई बधाईसहित संस्थाको प्रमाणपत्र लगायत कागजात हस्तान्तरण गरेका थिए भने सचिब शंकरदेब आचार्यले कार्यक्रम संचालन गरेका थिए ।

जनउद्धार केन्द्र मलेसिया सरकारबाट मान्यता प्राप्त सामाजिक संस्था हो । यस संस्थाले नेपाली दूतावास तथा आफन्तहरुसँगको सहकार्यमा मलेसियाको जेलमा रहेका सयौ नेपालीका साथै अशक्त भएर अलपत्र परेका झण्डै आधा दर्जन नेपालीलाई स्वदेश फर्काउन सफल भइसकेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *