युएईमा ‘ल्होछार सेलो सांगीतिक साँझ’ हुदै, ३१ जनवरीमा हुने कार्यक्रमको तयारी सुरु

news-details

तामाङ समाज युएईले आउदै गरेको सोनाम ल्होछार पर्वको अवसर पारेर हरेक बर्षहरुमा झैँ यो बर्ष पनि ३१ जनवरीका दिन ‘२८५६ औँ जिवा ल्हो सेलो विशेष सांगीतिक ल्होछार साँझ’ आयोजना गरेको छ ।

देरादुवईको काल्र्टन टावरमा हुन लागेको उक्त सेलो विशेष ल्होछार साँझमा नेपालबाट आमन्त्रित बरिस्ठ सेलो गायिका ईन्दिरा गोलेको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने संस्थाका साँस्कृतिक बिभाग प्रमुख सन्दिप ग्याबा तामाङले जानकारी दिए ।

बैदेशिक रोजगारको शिलशिलामा युएईभरि छरिएर रहेका तामाङहरुलाई एउटै छाता संगठनमा एकताबद्ध गराई सन २००५ सालमा स्थापना भएको तामाङ समाज युएईले ‘तामाङ समाज युएईको शान, तामाङ संस्कृति तामाङ पहिचान’ भन्ने मुल नाराका साथ विशेष सांगीतिक कार्यक्रमसहित यस वर्षको सोनाम ल्होछार मनाउने भएको हो ।

स्थापना कालदेखिनै समाजले बैदेशिक रोजगारको शिलशलामा युएईमा छरिएर रहेका तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुलाई एकतावद्ध गराई तामाङ समुदायको हक, हित र अधिकारको सुनिश्चितताका साथै तामाङको पहिचान स्थापनाका लागि ठूलो भुमिका खेल्दै आएको छ ।

आफ्नो समुदायको धर्म, रितिरिवाज, चाडपर्व, भाषा, भेषभुसाका साथै तामाङ समुदायको चौतर्फी बिकासका लागि प्रबासी भूमिबाट पनि ठूलो भुमिका खेल्दै आएको समाजले अन्य संस्थाहरुको दाँजोमा युएईमा आफ्नो छुट्टी पहिचान बनाएर बनाउदै सामाजिक कार्यहरुमा पनि सक्रिय भूमिका निभाउँदै आएको छ ।

संस्थामा आबद्ध सदस्यहरुको घाउमा मलम लगाउने मात्रै नभएर समय समयमा तामाङ समुदायबाट राष्ट्र गौरबको निम्ति ठूलो योगदान पुर्याउने ब्यक्तित्वहरुलाई प्रोत्साहन स्वरुप नगद तथा प्रसंसा पत्रद्वारा सम्मान पनि गर्दै आएको संस्थाले जानकारी दिएको छ ।

तामाङ समाज युएईले शैक्षिक क्षेत्रमा स्तर उन्नति र ग्रामीण गाउँ बस्तीहरुमा शैक्षिक जागरण, प्रेरणा, प्रोत्साहन र शैक्षिक क्षेत्रमा हातेमालो गर्ने उदेश्यका साथ सन २०११ देखि सपोर्ट माई स्कुल भन्ने शैक्षिक परियोजना स्थापना गरेर नेपालको ग्रामीण भेगमा तामाङ समुदायको बाहुल्यता रहेको बिद्यालयलाई शैक्षिक सहयोग रकम हरेक बर्षहरुमा हस्तान्तरण गर्दै आएको छ । जुन शैक्षिक सहयोगबाट तामाङ समुदायको बाहुल्यता रहेको जिल्लाहरु काभ्रे, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट र चितवन जिल्लाका विभिन्न विद्यालयहरु लाभान्वित भईसकेको समाजका अध्यक्ष महेश मोक्तानले बताए ।

साथै यो बर्षको ल्होछार बिगतका बर्षहरुमा भन्दा विशेष, पृथक र भब्य बनाउन सम्पूर्ण सदस्यहरु सकृय रुपमा लागेको जानकारी दिदै कार्यत्र समाजका कार्यबाहक अध्यक्ष जितेन्द्र तामाङले युएईका विभिन्न क्षेत्रबाट कार्यक्रममा सहभागी हुनका लागि यातायातको पनि ब्यबस्था रहेको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *