मलेसियाले श्रमिकको न्यूनतम पारिश्रमिक १२ सय रिंगेट पुर्‍याउदै, नेपाली पनि लाभान्वित हुने

news-details

मलेसिया सरकारले आफ्नो मुलुकमा कार्यरत स्वदेशी तथा विदेशी श्रमिकहरुको न्यूनतम पारिश्रामिक बढाउने भएपछि यसबाट त्यहाँ कार्यरत लाखौ नेपाली पनि लाभान्वित हुने भएका छन ।

मलेसियाको मानव संसाधन मन्त्रालयले यही जनवरी १ तारिखदेखि लागू हुनेगरी श्रमिकहरुको न्यूनतम पारिश्रमिक १२ सय रिंगेट कायम हुने जानकारी दिएको छ । यसअघि श्रमिकहरुको न्यूनतम पारिश्रमिक ११ सय रिंगेट थियो ।

मलेसियामा रहेका श्रमिक संगठनहरुले न्यूनतम पारिश्रामिक बृद्धिका लागि निरन्तर माग गर्दै आएका थिए । मलेसियामा हाल ५ लाखभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *