मलेसियाको जेल जीवन कटाएर ७ नेपाली स्वदेश फर्किए

news-details

मलेसियाको जेलमा बसेर घरफिर्ति केन्द्रमा रहेका ७ नेपाली स्वदेश फर्किएका छन् । जनउद्धार केन्द्र मलेसियाको पहलमा नेपाली दूतावास र आफन्तको सहयोगमा उनीहरु स्वदेश फर्कन सफल भएका हुन् ।

मलेसियाको जुरु क्याम्प पेनाङ्गबाट नवलपरासीका भिम बहादुर थापामगर , रामेछापका चक्रबहादुर तामाङ्ग , नुवाकोटका ठाकुर तामाङ्ग , र सप्तरीका कृष्ण सरदार मालिण्डो एयरलाइन्सबाट बिहीबार काठमाडौं आएका छन् ।

यस्तैगरी बिहीबार नै जोहोरबारुको पकनानस क्याम्पबाट सिराहाका प्रमोद कुमार यादब स्वदेश फर्कन सफल भएका छन् । उनको घरफिर्ती प्रक्रिया देखि सम्पुर्ण लागत जनउद्धार केन्द्रको आर्थिक कोषबाट गरिएको केन्द्रका अध्यक्ष केशु थापाले जानकारी दिए ।

१३ डिसेम्बरको दिन जाजरकोटका गोकर्ण बहादुर परियारलाई एयरपोर्ट लोकापबाट उद्धार गरि स्वदेश फर्काउन मद्दत गरिएको थियो भने  १८ डिसेम्बरको दिन सल्यानका नवीन परियारलाई ब्लान्तिकक्याम्पबाट उद्धार गरिएको थापाले जनाए । नेपाल फर्किएका सबै सकुसल आफ्नो परिवारजनसंग पुगेको जनउद्धारले जनाएको छ ।

जनउद्धार केन्द्र मलेसिया सरकारबाट मान्यता प्राप्त सामाजिक संस्था हो । यस संस्थाले मलेसियाको जेलमा रहेका सयौ नेपालीलाई स्वदेश फर्काउन सफल भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *