नेपाल पर्यटक भित्र्याउन ओमानको ‘अल हशर’ र नेपालको ‘फेथ मि’ ट्राभलबीच सहमति, प्रचारप्रसार सुरु

news-details

नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्षलाई लक्षित गरेर ओमानबाट नेपाल पर्यटक भित्र्याउने बारे ओमान र नेपालका ट्राभल एन्ड टुरिजम कम्पनीबीच सहमती भएर ब्यवासायिक प्रचार प्रसार सुरु गरिएको छ ।

ओमानस्थित अल हशर टुरिजम एण्ड ट्राभल एलएलसी (Al hashar tourism and travel llc) र नेपालको फेथ मि ट्राभल एण्ड टुर्स (Faith me travels and tour) कम्पनीबीच यो सम्झौता भएको हो । सस्तो मुल्यमा पर्यटकले चाहे अनुसारको सेवा सुबिधासहित नेपालमा पर्यटक भित्रयाउनका लागि यो सहमति गरिएको जनाइएको छ ।

उक्त सम्झौताका लागि एनआरएन सोसल क्लब ओमानले सन् २०१८ देखि नै प्रयास गरेकोमा अहिले आएर यो सम्झौता सम्पन्न भएको हो । ओमानबाट पर्यटक भित्र्याउने कार्यका लागि यस प्रकारको सहमती पहिलो हो ।

नेपाल भ्रमण बर्ष र इस्बि सम्बतको नया साल २०२० लाई लक्षित गरेर अफर सहितको प्रचार सुरु गरिएको यी ट्राभल कम्पनीका ब्यवस्थापन पक्षले जानकारी दिएको छ ।

अल हशर टुरिजम कम्पनिको ओमानमा १७ वटा शाखा रहेको र सबै शाखाहरुमा पूरा दिन नेपाल बारे भिडियो प्रशारण गर्ने योजना अनुसार ओमानस्थित कम्पनीले भिडियो क्लिपहरु मागेको र faith me travelले चाडै नै सो प्रकारको भिडियो उपलब्ध गराइ दिने वचन दिएको जनाइएको छ ।

faith me travelका प्रबन्धक सुबास श्रेष्ठका अनुसार भ्रमण बर्षको पहिलो हप्ता जनवरी १ का लागि नेपालमा आउने पर्यटकका लागि ओमानी रियाल ९९ रियाल अफर मुल्यमा लैजाने सहमती भएको छ । नेपाल सरकारले आयोजना गरेको भ्रमण बर्ष २०२० को लागि नेपालस्थित ट्राभल कम्पनी हरुले आ आफ्नैतर्फबाट यसरी पहल गरे सोचे जस्तो सफलता पाउनेमा दुइमत छैन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *