नेपाली ब्यबसायी संघ कतारले नवनियुक्त नेपाली राजदूत नारदनाथ भारद्वाजलाई स्वागत गरेको छ । राजदूत भारद्वाज नेपाली दूतावास कतारमा दुई महिना अगाडि पदबाहली भएका थिए ।

दोहामा बिहीबार भएको स्वागत कार्यक्रममा राजदूत भारद्वाजले नेपाल र कतार बिचको सम्बन्धमा नेपालीहरुले गरेको योगदानको प्रसंसा गरे । उनले भने–‘कतारमा रहेका नेपाली समुदाय र नेपाली ब्यबसायीहरुले दुइ देश बिचको सम्बन्धलाई उचाइमा पु¥याउन खेलेको भुमिका प्रति म अत्यन्तै खुशी छु ।’

राजदूत भारद्वाजले भिजिट नेपाल २०२० लाई सफल बनाउनका लागि कतारमा रहेका नेपाली, ब्यबसायी तथा संघसंस्थालाई आग्रह गरे । उनले नेपाल र कतारको सम्बन्धलाई आफ्नो कार्यकालमा थप उचाईमा पु¥याउने समेत बताए ।

नेपाली व्यवसायी संघ कतारले नेपाल र कतारका व्यवसायीबीच सम्बन्ध स्थापित गर्दै नेपालमा लगानी बढाउने काममा लागिरहेको छ ।

कतारका राजदूत भारद्वाजलाई नेपाली व्यवसायी संघ कतारको स्वागत

संघका अध्यक्ष महेन्द्र प्रसाद चौलागाईको अध्यक्षतामा गरिएको कार्यक्रममा संघका उपाध्यक्षसमेत रहेका एनआरएनए सचिव आर के शर्माले स्वागत मन्तव्य राखेका थिए । शर्माले राजदूत भारद्वाजलाई कार्यकाल सफलताको शुभकामना दिदै सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

संघका महासचिब सागर नेपालले सन्चालन गरेको कार्यक्रममा संघकै संरक्षक देबकाजी डंगोलले प्रवासमा रहेका नेपाली ब्यबसायीहरुले देशको आर्थिक क्रान्तिमा योगदान गरिरहेको बताए ।

कतारका राजदूत भारद्वाजलाई नेपाली व्यवसायी संघ कतारको स्वागत

संघका अध्यक्ष चौलागाइले नेपाली ब्यबसायी संघले नेपाली नियोगसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गर्दै बिदेशी लगानी स्वदेशमा भित्र्याउन नेपाली ब्यबसायीहरु विगतदेखि नै काम गरिरहेको बताए । कार्यक्रममा अध्यक्ष चौलागाईले भने–‘भिजिट नेपाललाई सफल बनाउन व्यवसायी संघले दुतावाससंग सहकार्य गरेर अगाडि बढ्नेछौ ।’

उक्त कार्यक्रममा नियोग उपप्रमुख लक्ष्मण खनाल, दुतावासका सम्पुर्ण कर्मचारी, एनआरएनए आइसीसी सचिब आर के शर्मा, एनआरएनए मध्यपुर्ब संयोजक प्रविन गुरुङ, एनआरएनए आइसीसी सल्लाहकार टिबी कार्की लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको ब्यबस्थापनको लागि कोषाध्यक्ष चुडामणी कार्की र सहसचिब रमेश भट्टले गरेका थिए ।