काभ्रे सेवा समाज युएईको अध्यक्षमा दिल लामा पुन : चयन भएका छन् । २९ डिसेम्बरमा बर दुबईस्थित क्लब एभरेस्टमा आयोजित चौथो अधिवेशनले लामा दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

अधिवेशनले लामाको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसअनुसार वरिष्ठ उपाध्यक्षमा गोविन्द पन्त, प्रथम उपाध्यक्षमा योगेश लामा, उपाध्यक्षमा नवीन दोङ, महासचिवमा जनक सापकोटा, सचिवमा ग्याम्सो लामा, सहसचिवमा ओम तामाङ, कोषाध्यक्षमा रविन्द्रबहादुर तामाङ र सहकोषाध्यक्षमा माइला लामा चयन भएका छन् भने समाजको प्रवक्तामा सुनिल लामा चयन भए ।

त्यसैगरी महिला विभाग प्रमुखमा सवित्री पन्त, प्रशासन प्रमुखमा राजकुमार सापकोटा, सामाजिक विकास प्रमुखमा प्रदीप सापकोटा, अन्तर्राष्ट्रिय विभाग प्रमुखमा अशोक बानियाँ, साँस्कृतिक विभाग प्रमुखमा प्रवेग दोङ, खेलकुद विभाग प्रमुखमा निरन्जन बस्नेत चयन भए ।

काभ्रे सेवा समाज युएईमा पुनः दिल लामा, २५ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन

अधिवेशनबाट रविन श्रेष्ठ, आकाश लामा, मोक्तान चन्द्रबहादुर तामाङ, योञ्जन जानुका पन्त, रजनी तामाङ, रामबहादुर राउत, शैलेश तामाङ र केसरी तामाङ बमजन सदस्यमा चयन भएका छन् ।

सोही अवसरमा समाजले बृहत साँस्कृतिक कार्यक्रमसमेत आयोजना गरेको थियो । विशेष आकर्षणकारुपमा रहेका नेपालबाट सहभागि हुन पुगेका सेलो गायक विशाल काल्तान र लोकदोहोरी गीत नायिका रिना थापा मगरले आफ्नो दमदार प्रस्तुती दिएका थिए । यस्तै कार्यक्रममा मोडल रिनाले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् भने मगर ब्रदर्स लाइभ ब्यान्डले दर्शकहरुलाई नचाएका थिए । त्यसैगरी स्थानीय कलाकारको नृत्य तथा गीतले कार्यक्रममा थप रौनकता थपेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दिल लामाले अनाथ बालबालिकाको सहयोगार्थ तथा काभ्रे कल्याणकारी कोष स्थापनाको लागि आयोजना गरिएको बृहत सांस्कृतिक कार्यक्रममा सहभागी तथा सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गर्दै समाजले भोलीका दिनमा पनि आफुलाई सामाजिक कार्यमा निरन्तर लगाइरहने प्रतिवद्धता व्यक्त गरे ।