‘अनाथ बालबालिका को सहयोगार्थ काभ्रे सेवा समाज युएईले बृहत साँस्कृतिक कार्यक्रम गर्दै’

news-details

सुनिल लामा/युएई / बैदेशिक रोजगारको शिलशिलामा युएईमा छरिएर रहेका काभ्रेलीहरुलाई एकता सुत्रमा आबद्ध गराउँदै तथा सामाजिक कार्यहरुमा सक्रिय भूमिका निभाउँदै आएको काभ्रे सेवा समाज युएईले यही नोभेम्बर २९ तारिख शुक्रबारका दिन बर दुबईमा अबस्थित एभरेस्ट क्लबमा अनाथ बालबालिकाको सहयोगार्थ बृहत साँस्कृतिक कार्यक्रम, चौथो महाधिवेशन तथा काभ्रे कल्याणकारी कोष स्थापना कार्यक्रमको भब्यरुपमा तयारी भईरहेको कार्यक्रमका संयोजक तथा केन्द्रीय सदस्य योगेश लामा बलले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपालबाट चर्चित सेलो गायक, संगितकार तथा तामाङ कलाकार संघका महासचिव विशाल काल्तान, नृत्यकार तथा मोडल रिना थापा मगरका साथमा अतिथि कलाकारहरुको जोडदार प्रस्तुति रहने आयोजकको भनाई छ ।

सन २०१४मा स्थापित काभ्रे सेवा समाज युएले आफ्नो स्थापनाको छोटो अवधिमा नै यूएईमा रहेका अन्य संघसंस्थाहरुमाझ छुट्टै पहिचान बनाउँदै सामाजिक कार्यहरुमा अतुलनीय योगदान पुर्याउँदै आएको छ ।

विशेष गरी अनाथ बालबालिकाहरुलाई सहयोग, युएईमा अलपत्र परेकाहरुको उद्दार गर्नुका साथै विभिन्न रोगबाट पिडित भएर उपचार गर्न आर्थिक अभाव भएकाहरुलाई सहयोग गर्दै आएको संस्थाका अध्यक्ष दिल लामाले जानकारी दिनु भयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *