अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजमा खरेल

news-details

अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको पहिलो महाधिवेशनले स्पेनका दीपक खरेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।

सोमबार काठमाण्डौमा भएको विश्वभर छरिएका काभ्रेली सहभागी महाधिवेशनले उपाध्यक्षहरुमा बेल्जियमका दिनेश उप्रेती, कतारका नन्द ढुंगाना र इटालीकी संगम भण्डारी, महासचिवमा अमेरिका मोहन विष्ट, सचिवमा साउदीका शुरेसराज त्रिपार्ठी र कोषाध्यक्षमा साउदीका जेनकुमार लामा चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा इटालीका अशोक उप्रेती, पोर्चुगुलका शम्भु गौतम, कतारका नारायण विष्ट, कोरियाका यम श्रेष्ठ, अष्ट्रेलियाका श्याम सैजु, जापानका श्रवणकुमार सत्यालद, अमेरिकाका इन्दिरा त्रिपार्ठी चयन भएका छन भने मध्यपूर्व संयोजकमा दिल लामा र युरोप संयोजकमा चिनिया दुवाल चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रम समाजको तदर्थ समितिका संयोजक कपिलदेव थापाको सभापतित्वमा भएको थियो । अधिवेशनको उद्घाटन भने अध्यक्ष मैनाली र प्रदेश सभासद चन्द्र लामाले संयुक्त रुपमा गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *