मोसु समाज कतारको पृथक कार्यक्रम ‘स्पीक टु इन्सपाएर’ सम्पन्न

news-details

प्रवासमा रहेका नेपाली संघसंस्थाले विभिन्न उदाहरणीय काम गर्ने गर्दछन् । त्यसैमध्ये अग्रणी एक संस्था मोरङसुनसरी सेवा समाज कतारले सामाजिक ब्यक्तित्व बिकासका लागि कतारबासी नेपाली समुदायलाई लक्षित गरी ‘स्पीक टु इन्सपाएर’ सेमिनार सम्पन्न गरेको छ ।

प्रदेश नम्बर १ मा स्थापित प्रत्येक जिल्ला सस्थाहरुबाट ३ जना सहभागी गराइ सन्चालन गरिएको एउटा पृथक कार्यक्रमले सबैको मन खिचेको छ । सामाजिक काममा लाग्नका लागि प्रेरित गर्नुका साथै आफ्नो सामाजिक मनोवल बढाउनका लागि कार्यक्रम सार्थक बनेको मोरङ सुनसरी सेवा समाजका अध्यक्ष चिरन्जिबी तिम्सिनाले जानकारी दिए ।

कार्यक्रममा विभिन्न विषयमा संघसंस्थाका प्रतिनिधिहरुले आआफ्नो भनाई राखेका थिए । खोटांग सेवा समाज दोहा कतारका कैलाश श्रेष्ठले बैदेशिक रोजगारमा तपाइको अनुभव, मोरंगसुनसरी सेवा समाज कतारका दिलिप पराजुलीले दोहाका समाजिक सस्थाहरुसँग गरेको गतिबिधिहरु, धनकुटा सेवा समाज दोहा कतारका रबिन मगरले दोहामा स्थापित सामाजिक सस्थाले अब खेल्नुपर्ने भूमिका, झापाली सेवा समाज दोहा कतारका भवानी प्रसाद कोइरालाले विश्वकप २०२२ को लागि नेपाली समाज दोहाले खेल्न सक्ने भूमिका लगायतका विषयमा आफ्नो भनाई राखेका थिए ।

त्यसैगरी सुनसरी सिर्जनशील परिवार कतारका बिनोद कटुवालले दोहामा सुरक्षा र स्वास्थ्य सम्बन्धि अपनाउनु विषय, भोजपुर सेवा समाज दोहा कतारका गोपाल बस्नेतले कतारमा सिकेको सीप र त्यसको नेपालमा उपयोगिता, पाथिभरा ताप्लेजुङ्ग सेवा समाज कतारका दुर्गा प्रसाद प्याकुरेलले दोहाको नेपाली समाजको अवस्था र आवश्यकताका बारेमा आफ्नो बिचार राखेका थिए ।

कार्यक्रममा संखुवासभा समाज दोहा कतारका निरन नेपालले दोहाको सामाजिक कार्य र त्यसको प्रभाब, ओखलढुङ्गा सेवा समाज दोहा कतारका किरण दर्जीले कतारको प्रचलित कानुन र तपाइले बुझ्नु भएको विषय, उदयपुर सेवा समाज दोहा कतारका गोपिकृष्ण अधिकारीले समाजसेवामा तपाई लाग्नुको कारणका विषयमा प्रस्तुती राखेका थिए ।

कार्यक्रममा एनआरएन आइसीसी सदस्य विनोद भट्टराईले आकर्षण भाषण कसरी गर्ने भन्ने विषयमा बोलेका थिए । कार्यक्रममा टिप्पणीकार र सहजकर्ताहरुमा प्रदेश नं १ समन्वय परिषद् कतारका अध्यक्ष चुुडामणि कार्की, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका निवर्तमान अध्यक्ष नबिन पोख्रेल, एनआरएन आइसीसीका पूर्व उपाध्यक्ष मोसु पूर्व अध्यक्ष टिबी कार्की र मोसुका सल्लाहकार संयोजक तेज कटुवाल रहेका थिए ।

मोसुका सचिव नियम भुजेलले संचालन गरेको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष चिरन्जिबी तिम्सिनाले गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *