नेपाली युवाहरुले अन्तर्राष्ट्रिय बजारमा स्थापित गरेको ‘बेलाको ब्राण्ड’ बेलायतमा भैरहेको एक अन्तर्राष्ट्रिय प्रर्दशनिमा अवलोकनकर्ताहरुको प्रमुख आकर्षण बनेको छ । बेलायतको बर्मिन्ग्हम शहरमा आयोजित ‘ओटोमन फेयर’मा सहभागि रहेको बेलाको ब्राण्डले विश्व बजारमा ख्यातिप्राप्त सयौ ब्राण्डहरुमाझ अवलोकनकर्ताको मन जित्न सफल भएको हो ।

बेलाको ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बन्दै, बेलायतको ‘ओटोमन फेयर’मा अवलोकनकर्ताहरु झुम्मिए

बर्मिन्ग्हम शहरको नेशनल एक्जिवेशन सेन्टरमा यही सेप्टेम्बर १ देखि ४ सम्म चल्ने प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘ओटोमन फेयर’मा बेलाको ब्राण्डले राम्रो प्रतिक्रिया बटुलेको यसका संचालक अब्दुल वाशिदले जानकारी दिए । उनले भने–‘विश्वका ख्यातिप्राप्त ब्राण्डहरुकाबीचमा बेलाको ब्राण्डको स्टलमा अवलोकनकर्ताहरुको चासो बढदा हामी थप उत्साही भएका छौ ।’

बेलाको ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बन्दै, बेलायतको ‘ओटोमन फेयर’मा अवलोकनकर्ताहरु झुम्मिए

मेलामा बेलाको ब्राण्डका सामानहरु अवलोकनकर्ताहरुले अत्याधिक मनपराएको र बिक्रिवितरण पनि उच्च रहेको बेलाको ब्राण्डका संचालक तथा यूकेको बजार हेरिरहेका अब्दुल हाफिजले जानकारी दिए ।

विभिन्न घरायसी सामग्रीहरु, विद्युतीय सामग्रीहरु, सोफाहरुलगायत अन्य विभिन्न बस्तुहरुको उत्पादन र विक्रि वितरण गर्दै आएको बेलाको ब्राण्डले उक्त प्रदर्शनीमा सोफा, विद्युतीय लाइट, ल्याम्प, एसी, कुलर फ्यान, हिटर, मिक्स्चरलगायत आफ्ना उत्पादनहरु प्रदर्शनीमा राखेको छ ।

बेलाको ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बन्दै, बेलायतको ‘ओटोमन फेयर’मा अवलोकनकर्ताहरु झुम्मिए

बेलाको ब्राण्डका सामाग्री कतारमा ‘अब्दुल हाफिज ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनी’ मार्फत उत्पादन तथा वितरण हुँदै आएको छ भने युकेबाट ‘बेलाको युके लिमिटेड’ मार्फत उत्पादन तथा वितरण हुदै आईरहेको छ ।

बेलाको ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बन्दै, बेलायतको ‘ओटोमन फेयर’मा अवलोकनकर्ताहरु झुम्मिए

जनकपुरको आफ्नो गाँउको नामबाट अन्तर्राष्ट्रिय बजारमा बेलाको ब्राण्डलाई तीन दाजुभाई अब्दुल बासिद, अब्दुल कादिर र अब्दुल हाफिजले हाकिरहेका छन । अहिले कतार र बेलायतमा फैलिएको बेलाको ब्राण्डलाई अब भविष्यमा अन्य देशहरु र स्वदेश नेपालमासमेत पु¥याउने लक्ष्य लिएको अब्दुल वासिद बताउँछन् ।

बेलाको ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बन्दै, बेलायतको ‘ओटोमन फेयर’मा अवलोकनकर्ताहरु झुम्मिए

खाडि मुलुक कतारमा लोकप्रिय ब्राण्डकारुपमा स्थापित भएपछि बेलायतको बजारमा प्रवेश गरेको बेलाको ब्राण्डले बेलायतमा पनि आफ्नो छुट्टै ख्याती कमाइसकेको छ ।