बेलाको ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बन्दै, बेलायतको ‘ओटोमन फेयर’मा अवलोकनकर्ताहरु झुम्मिए

news-details

नेपाली युवाहरुले अन्तर्राष्ट्रिय बजारमा स्थापित गरेको ‘बेलाको ब्राण्ड’ बेलायतमा भैरहेको एक अन्तर्राष्ट्रिय प्रर्दशनिमा अवलोकनकर्ताहरुको प्रमुख आकर्षण बनेको छ । बेलायतको बर्मिन्ग्हम शहरमा आयोजित ‘ओटोमन फेयर’मा सहभागि रहेको बेलाको ब्राण्डले विश्व बजारमा ख्यातिप्राप्त सयौ ब्राण्डहरुमाझ अवलोकनकर्ताको मन जित्न सफल भएको हो ।

बर्मिन्ग्हम शहरको नेशनल एक्जिवेशन सेन्टरमा यही सेप्टेम्बर १ देखि ४ सम्म चल्ने प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘ओटोमन फेयर’मा बेलाको ब्राण्डले राम्रो प्रतिक्रिया बटुलेको यसका संचालक अब्दुल वाशिदले जानकारी दिए । उनले भने–‘विश्वका ख्यातिप्राप्त ब्राण्डहरुकाबीचमा बेलाको ब्राण्डको स्टलमा अवलोकनकर्ताहरुको चासो बढदा हामी थप उत्साही भएका छौ ।’

मेलामा बेलाको ब्राण्डका सामानहरु अवलोकनकर्ताहरुले अत्याधिक मनपराएको र बिक्रिवितरण पनि उच्च रहेको बेलाको ब्राण्डका संचालक तथा यूकेको बजार हेरिरहेका अब्दुल हाफिजले जानकारी दिए ।

विभिन्न घरायसी सामग्रीहरु, विद्युतीय सामग्रीहरु, सोफाहरुलगायत अन्य विभिन्न बस्तुहरुको उत्पादन र विक्रि वितरण गर्दै आएको बेलाको ब्राण्डले उक्त प्रदर्शनीमा सोफा, विद्युतीय लाइट, ल्याम्प, एसी, कुलर फ्यान, हिटर, मिक्स्चरलगायत आफ्ना उत्पादनहरु प्रदर्शनीमा राखेको छ ।

बेलाको ब्राण्डका सामाग्री कतारमा ‘अब्दुल हाफिज ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनी’ मार्फत उत्पादन तथा वितरण हुँदै आएको छ भने युकेबाट ‘बेलाको युके लिमिटेड’ मार्फत उत्पादन तथा वितरण हुदै आईरहेको छ ।

जनकपुरको आफ्नो गाँउको नामबाट अन्तर्राष्ट्रिय बजारमा बेलाको ब्राण्डलाई तीन दाजुभाई अब्दुल बासिद, अब्दुल कादिर र अब्दुल हाफिजले हाकिरहेका छन । अहिले कतार र बेलायतमा फैलिएको बेलाको ब्राण्डलाई अब भविष्यमा अन्य देशहरु र स्वदेश नेपालमासमेत पु¥याउने लक्ष्य लिएको अब्दुल वासिद बताउँछन् ।

खाडि मुलुक कतारमा लोकप्रिय ब्राण्डकारुपमा स्थापित भएपछि बेलायतको बजारमा प्रवेश गरेको बेलाको ब्राण्डले बेलायतमा पनि आफ्नो छुट्टै ख्याती कमाइसकेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *