एशी शेर्पा र सेभेन समिटमार्फत ‘ब्यूटी वीथ प्रपोज प्रोजेक्ट’को लागि मिस नेपाललाई ३७ लाख हस्तान्तरण

news-details

मिस नेपाल २०१९ अनुष्का श्रेष्ठलाई सेभेन समिट फाउन्डेसन अमेरिकाले ३७ लाख रुपैयाँ सहयोग गरेको छ । फाउन्डेसनले अनुष्काको ब्यूटी वीथ प्रपोज प्रोजेक्टको लागि अमेरिकी डलर ३१,९८१ सहयोग गरेको हो ।

एनआरएन अभियानकर्ता तथा अमेरिकाका वाणिज्यदूत एसी शेर्पाको पहलमा उक्र रकम प्रदान गरिएको हो । शेर्पा सेभेन समिटका अध्यक्ष पनि हुन् ।मिस नेपाल अनुष्काले ब्यूटी विथ प्रपोज प्रोजेक्ट अन्तर्गत सिन्धुपाल्चोकका १४० घरपरिवारका आमा र बच्चाहरु लक्षित जीवीकोपार्जनमुखी कार्यक्रम सञ्चालन गर्न लागेकी छन् । सोही कार्यक्रमलाई सहयोग पु¥याउनका लागि उक्त रकम प्रदान गरिएको हो ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी फाउन्डेसनले मिस नेपाल अनुष्काको प्रोजेक्टको लागि संकलित रकमको चेक हस्तान्तरण गरेको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका सल्लाहकारद्वय श्याम तामाङ, मिङमार तामाङ, महासचिव टुक्टी शेर्पाले दि हिडन ट्रेजरका अध्यक्ष गोपाल कक्षपतिको रोहवरमा मिस नेपाल श्रेष्ठलाई रकम प्रदान गरेका हुन् ।

वाशिङ्टनको लागि नेपाली वाणिज्यदूत समेत रहेका फाउन्डेसनका अध्यक्ष एसी शेर्पाले जुलाई २६, २०१९ मा अमेरिकामा बिजनेस कोल्यारेसन कार्यक्रम आयोजना गर्दा मिस नेपाल श्रेष्ठ अमेरिका पुगेकी थिइन् ।

नेपाल र अमेरिकामा रहेका नेपाली अमेरिकी ब्यवसायीहरुको लागि बिजनेस कोलाबरेशन नामक सो सम्मेलनमा पाहुनाको रुपमा अमेरिकामा सहभागी भएकी मिस नेपाल अनुष्का श्रेष्ठको अमेरिका बसाईको छोटो समयमा नै सो रकम संकलन भएको हो ।

अध्यक्ष शेर्पाले मिस नेपाल अनुष्काको अभियानलाई साथ दिने उद्देश्यले छोटो समयको आग्रहमा विभिन्न ठाउँबाट सो रकम संकलन हुन आएको बताए । अध्यक्ष शेर्पाले हरेक नेपालीको अभियानलाई सफल बनाउन मिस नेपाल अनुष्काले थालेकी महिलाहरुको जीवनस्तर उकास्ने प्रोजेक्ट राम्रो लागेर सहयोगी मन बढाएको जानकारी दिएका छन् ।

फाउन्डेसनको नेतृत्वमा प्रोगामबाट १६ हजार ३ सय ३१ डलर, अमेरिकाको विभिन्न ठाउँमा बसोबास गर्नुहुने न्यूयोर्क सिटीबाट ५ सय डलर, वासिंगटन डिसीबाट २हजार एक सय डलर, कोलोराडोबाट १ हजार ७ सय ५० डलर, सानफ्रान्सिकोबाट ६ हजार ८ सय डलर गरी जम्मा ३१ हजार ९ सय ८१ डलर संकलन गरिएको थियो ।

कार्यक्रममा सेभेन समिटका सल्लाहकार श्याम तामाङले सहयोगी मनहरुलाई धन्यवाद दिदै सही सदुपयोगका लागि खवरदारी गरिरहने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *