जनउद्धार केन्द्र मलेसियाले पुन : थापाको नेतृत्वमा चयन गर्‍यो  सर्वसम्मत कार्यसमिति

news-details

मलेसियामा विभिन्न कारण जेलजिवन बिताएर घरफिर्ति केन्द्रमा अलपत्र बनेका तथा जटिल रोगले थलिएका नेपालीहरुलाई उद्धार गरी स्वदेश ल्याइरहेको जनउद्धार केन्द्र मलेसियाको दोश्रो बार्षिक साधारणसभाले केशु थापाको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ ।

स्थापनाको छोटो समयमा नै मलेसियामा रहेका नेपाली माझ लोकप्रिय सामाजिक संस्थाकारुपमा उभ्याउन सफल जनउद्धार केन्द्र मलेसियाले केहि समयअघि मात्र मलेसिया सरकारबाटसमेत नेपाली सामाजिक संस्थाकारुपमा मान्यता पाइसकेको छ । थापाकै सक्रियतामा स्थापना भएको संस्थाले अहिले पुन : थापाकै नेतृत्वमा सर्वसम्मतले २८ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

विस्तारित कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा शेरबहादुर श्रेष्ठ, उपाध्यक्षमा हरि न्यौपाने, रुपबहादुर टण्डन र कमल खडका, सचिवमा शंकरदेव आचार्य, सहसचिवमा बालकृष्ण आचार्य, कोषाध्यक्षमा देबेन्द्र गिरी तथा सदस्यहरुमा विनोद परियार, विनिता श्रेष्ठ, संजय परियार, सुजन थापा, मिबहादुर पुन, कल्पना राई, सिता परियार, पुनकला क्षेत्री, उपेन्द्र गिरी, रुद्र सापकोटा, दुतमन तामाङ, धनबहादुर श्रेष्ठ, टंकबहादुर खत्री, शंकर बस्नेत, श्याम तामाङ, बालकृष्ण भण्डारी, हरि परियार र भक्तबहादुर बुढाथोकी चयन भएका छन । यस्तै संस्थाको सल्लाहकारमा थिर बहादुर कटुवाल र केशवराज घिमिरे सर्वसम्मतले चयन भएका छन ।

सन् २०१७ मा स्थापना भएको जनउद्धार केन्द्र मलेसियाले नेपाली दूतावास तथा नेपाली समूदायहरुसँगको सहकार्यमा मलेसियामा समस्यामा परेका, घरफिर्ति केन्द्रमा अलपत्र परेका तथा गम्भिर विरामी भई स्वदेश फर्कन नसकेका नेपालीहरुलाई उद्धार गरी स्वदेश ल्याउने काम गरिरहेको छ । आफ्नो सामाजिक सेवालाई थप विस्तार गर्न केन्द्रले मलेसियाका विभिन्न राज्यहरुमा क्षेत्रीय समिति विस्तारलाई पनि तिब्रता दिएको छ ।

साथै अहिले मलेसिया सरकारले आफ्नो मुलुकमा अवैधरुपमा काम गरिरहेका आप्रवासी कामदारलाई घरफिर्तिका लागि दिएको आममाफि कार्यक्रममा सहभागी हुन चाहने नेपालीलाई आवश्यक परामर्श, सहयोग तथा सल्लाह आवश्यक परेमा सम्पर्क गर्न समेत केन्द्रले आब्हान गरेको छ । यस्तै आफुनो सम्पर्कमा आएकाहरुलाई दुतावाससँग समन्वय गरी ट्राभल डकुमेण्ट बनाउन सहयोग गरिरहेको छ ।

हालसम्म केन्द्रले नेपाली दूतावास क्वालालाम्पुरसँगको सहकार्यमा घरफिर्ति केन्द्रमा अलपत्र परेका २ सय भन्दा बढी नेपालीलाई उद्धार गरी स्वदेश फर्काइसकेको छ भने ७ जना गम्भिर बिरामीको पनि उद्धार गरी स्वदेशमा आफन्तको जिम्मा लगाइसकेको छ ।

‘हामीले मलेसियामा कष्टकर जेलजिवन विताएर स्वदेश फर्कन नसकेका तथा असक्त भएर घर फर्कन नसकेका नेपालीहरुलाई दूतावासँग सहकार्य गरी स्वदेश फर्काउन सहयोग गरिरहेका छौ’ केन्द्रका अध्यक्ष थापाले भने –‘नेपाली सामाजिक संस्थाकारुपमा मलेसिया सरकारबाट मान्यता पाएपछि हामीलाई काम गर्न थप सहज भएको छ, नेपाली दूतावासको निरन्तर सहयोग र सुभेच्छुक तथा शुभचिन्तकहरुको सहयोगले हामीलाई यस कार्यमा थप हौसला मिलेको छ, भोलीका दिनमा यस कार्यलाई हामी अझ सशक्त बनाउदै लैजानेछौ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *