राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कतार शाखामा निर्विरोध कार्यसमिति चयन, अध्यक्षमा क्षेत्री

news-details

‘हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहान’ भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाको दोस्रो अधिबेसन सस्थाका कार्यबाहक अध्यक्ष शक्ति क्षेत्रीको सभापतित्वमा एवम् एनआरएनए आइसीसीका मध्यपुर्ब सह संयोजक प्रबिन गुरुङको प्रमुख आतिथ्यमा लालीगुराँस रेस्टुरेन्ट सभाहलमा सम्पन्न भएको छ ।

अधिबेसनले शक्ति क्षेत्रीको अध्यक्षतामा १७ सदस्यिय निर्बिरोध कार्य समिति चयन गरेको छ । जसमा प्रथम उपाध्यक्ष शिवराम ढकाल, द्धित्तिय उपाध्यक्ष ईमान सिहं ठकुरी, महिला उपाध्यक्ष नानु घले, सचिव तिलु शर्मा पौडेल, सह सचिव रघुनाथ शर्मा, महिला सचिव सन्ध्या अर्याल, कोषाध्यक्ष लेखनाथ रिमाल, सह कोषाध्यक्ष रिदिसा चापागाई रहेका छन । सदस्यहरुमा लक्ष्मी गिरी, मेनुका खतिवडा, कृष्ण प्रसाद ढकाल, प्रेम ब गुरुङ, दामोदर भुषाल, धनश्याम तिवारी, दिपेन्द्र सुनार र बिकास लामिछाने चुनिएका छन ।

कार्यक्रममा प्रमुख अतिथी प्रविण गुरुङ्गले नेपाली कला सस्कृतिलाई विश्व सामु चिनाउन गित संगितको महत्वपुर्ण भुमिका भएको बताउदै आफु पनि ब्यक्तिगत र सस्थागत रुपमा नै यस अभियानमा जोडिएको भन्दै प्रतिष्ठानको कतारमा राम्रा कार्यहरु गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।

सभापति क्षेत्रीले अधिबेशन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिदै डायस्पोरामा रहेका नेपाली कला संस्कृति लाई समेट्दै अगाडी बढ्ने बताए । उक्त कार्यक्रमको सञ्चालन कलाकार शिवराम ढकालले गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *