कतारमा सांघातिक आक्रमणमा परि  एक नेपालीको मृत्यु, पाँच घाइते

news-details

कतारको दोहामा मंगलबार राति नेपालीमाथि सांघातिक आक्रमण हुदा एक जनाको मृत्यु भएको छ भने ५ घाइते भएका छन ।

दोहास्थित जैदा पार्कमा भएको आक्रमणमा सुनसरीका तवरेज अन्सारीको मृत्यु भएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । मृतक अन्सारीको शव हमाद अस्पतालमा राखीएको र घाइते भएका अन्य नेपालीको पनि उक्त अस्पतालमै उपचार भैरहेको दूतावासले जनाएको छ ।

घाइतेमध्ये उमर अन्सारीको अवस्था गम्भीर भएकाले सघन उपचार कक्षमा उपचार भइरहेको छ भने अन्य घाइतेहरुमा इब्राहिम अन्सारी र नौसाद अन्सारी भने खतरामुक्त अवस्थामा रहेको दूतावासले जनाएको छ ।

घटनापछि पक्राउ परेका अकवर मियाँ र महसुद अन्सारीलाई दूतावासको सहयोगमा प्रहरीबाट हिरासत मुक्त गराइसकेको समेत दूतावासले जनाएको छ । घाइते सबै सुनसरी जिल्लाका रहेका छन् । आक्रमणमा बंगलादेशी नागरिक संलग्न रहेको आशंका गरिएपनि पुष्टि हुन सकेको छैन ।

नेपाली दूतावासले भीडभाड नजान समेत कतारमा रहेका नेपालीलाई सचेत गराएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *