नेपाली जनसम्पर्क समिति युएईमा सर्वसम्मत नेतृत्व, चयन, सभापतिमा तिमल्सिना

news-details

नेपाली जनसम्पर्क समिति युएईको अधिवेशनले भुवानी तिमल्सिनालाई सभापतिमा सर्वसम्मत चयन गरेको छ । दुवईमा भएको अधिवेशनले सर्वसम्बत रुपमा नयाँ नेतृत्व चुनेको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा चन्द्रविक्रम सारु, उपसभापतिमा दीपक खड्का, भुमी चालिसे र अमर रानाभाट, महामन्त्रीमा हरी खड्का, सहमहामन्त्रीमा बिनोद तामाङ, शिव चालिसे र चित्रहाङ लिम्बु तथा कोषाध्यक्षमा कृतिमान पुन चयन गरेको छ ।

यस्तै अधिवेशनले १४ औँ महाधिवेशनमा भाग लिनका लागि भुवानी तिमल्सिना, चित्रबहादुर केसी, खेमराज बस्नेतलाई महासमिति सदस्यकारुपमा छनोट गरेको छ भने महाधिवेशन प्रतिनिधिमा चन्द्रविक्रम सारु मगर, राजेन्द्र अधिकारी, मनोजकुमार श्रेष्ठ गोर्खाली र ज्ञानेन्द्र बहादुर खत्री चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का,विशेष अतिथि एवम् कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला, पूर्वसभासद रामहरी खतिवडा, धादिङ जिल्ला सभापति रमेश धमला, तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाईं, नेविसंघ नेता हृदयश त्रिपाठी र पूर्वप्रधानमन्त्री सुशील कोइरालाका स्वकीय सचिव अतुल कोइराला लगायतकाको उपस्थिति थियो ।

कार्यक्रममा उपस्थित नेताहरु समक्ष सहभागीहरुले युएईमा रहेका नेपालीका समस्याबारे जानकारी गराएका थिए । भिजिट भिसामा यहाँ आउनेहरु विना अवरोध आउन पाउनु पर्ने उनीहरुले बताए ।

साथै घरेलु महिला कामदारका समस्याबारे अवगत गराएका थिए । नेताहरुले नेपालीहरुले भोग्नु परेका समस्याबारे सदनमा जानकारी गराएर समाधानको खोजी गर्न सरकारलाई दबाव दिने प्रतिवद्धता जनाए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *