मलेसियामा अवैध आप्रवासीका लागि आममाफि कार्यक्रम सुरु, नेपाली दुतावासद्धारा छुट्टै डेस्क संचालनमा

news-details

मलेसिया सरकारले आफ्नो मुलुकमा अवैध ढंगमा काम गरिरहेका आप्रवासी कामदारलाई घरफिर्तिका लागि आममाफि कार्यक्रम शुरु गरेको छ ।

हिजो अगष्ट १ देखि सुरु भएको यो कार्यक्रम डिसेम्बर ३१ सम्म चल्ने र यस कार्यक्रममा सहभागी नहुने अवैध आप्रवासी कामदारहरुलाई कडा कारवाही गरिने मलेसिया सरकारले जनाएको छ ।

मलेसिया सरकारले दिएको आममाफिको अवसरबाट अवैध रुपमा काम गरिरहेका हजारौ नेपाली कामदारहरु पनि लाभान्वित हुने विश्वास लिएको बताउदै क्वालालाम्पुरमा रहेको नेपाली दुतावासले यसको सहजताका लागि दुतावास परिसरमा छुट्टै डेस्क नै संचालनमा ल्याएको जानकारी दिएको छ ।

आममाफि कार्यक्रमको पहिलो दिननै ४५ जना अवैध रुपमा काम गरिरहेका नेपालीहरु दुतावासको सम्पर्कमा आएको जानकारी दिदै दुतावासले यो अवसर नगुमाउन यसरी बसिरहेका सबै नेपालीहरुलाई आग्रह गरेको छ ।

यस्तै मलेसियामा रहेको नेपाली सामाजिक संस्था जनउद्धार केन्द्र मलेसियाले पनि आममाफि कार्यक्रममा सहभागी हुन चाहने नेपालीहरुलाई कुनै सहयोग, सल्लाह तथा परामर्श चाहिएका सम्पर्क गर्न अनुरोध गरेको छ ।

यस कार्यक्रम अन्तर्गत स्वदेश फर्किन चाहनेहरुले मलेसिया सरकारलाई केवल ७ सय रिंगिट रकम तिरेर स्वदेश फर्किन पाउनेछन् भने हवाई टिकट भने आफैले व्यवस्था गर्नुपर्नेछ ।

यसका लागि राहदानी भएकाहरुले राहदानी लिएर तथा नभएकाहरुले दूतावासमा १ सय ६० रिंगेट शुल्क बुझाएर एकतर्फी यात्रा अनुमति पत्र (ट्राभल डकुमेण्ट) बनाएर आवेदन दिन सक्नेछन् । यसरी आवदेन दिएका कामदारले ७ दिन भित्रमा स्वदेश फर्कन सक्ने छन् ।

अवैध आप्रवासीलाई घर फर्कन मलेसियाले दियो मौका, नफर्कनेलाई कडा कारवाही गर्ने चेतावनी

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *