मलेसियाको जेलबाट ४ नेपाली स्वदेश फर्किए

news-details

मलेसियामा कष्टकर जेल जीवन बिताएर पेनाङ्गमा रहेको जुरु क्याम्प (घरफिर्ती केन्द्र) बाट ४ जना नेपाली युवालाई उद्धार पछि स्वदेश फर्किएका छन् । उनीहरु बिहीबार राति त्रिभुवन विमानस्थलमा आइपुगेका हुन् ।

जेल जीवन बिताएर घर फर्कनेहरुमा सुनसरीका देब बहादुर भण्डारी, सुनसरीका नै मनोज कुमार उराउ, काभ्रेपलान्चोकका राजु श्रेष्ठ र बर्दियाका राजु सुनार रहेका छन ।

‘जेल जीवन काटेपछि पनि नेपाल फर्कन पाइएला भन्ने लागेको थिएन’ स्वदेश ओर्लने वित्तिकै बर्दियाका राजु सुनारले भने–‘ जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले समन्वय नगरेको भए हामी अझै उतै सढेर बस्नु पर्ने थियो ।’ नेपाल फर्किएका ४ जनाकै मुहारमा मुस्कान भरिएको थियो, भलै जेल बसेर रित्तै फर्किएको भएता पनि ।

पीडितका आफन्त, उनीहरुको कम्पनी, जनउद्धार केन्द्र, लांघाली रेस्टुरेन्ट बुकित जाम्बुल र नेपाली दूतावास मलेसियाको सहकार्यमा उनीहरुलाई नेपाल फर्काउन सकिएको जनउद्धारका अध्यक्ष केशु थापाको भनाई छ ।

जनउद्धार केन्द्र मलेसिया सरकारबाट मान्यता प्राप्त संस्था हो । यसले अहिलेसम्म दुईभन्दा बढि नेपालीहरुको उद्धार गरी स्वदेश फर्काइसकेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *