दाङ देउखुरी समाज युएईको अध्यक्षमा नारायण आचार्य

news-details

दाङ्ग देउखुरी समाज युएईको दोश्रो अधिवेशन नारायण आचार्यको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत निर्वाचित गर्दै सम्पन्न भएको छ । दुबईस्थित नशा लोकदोहरीको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष कमल गिरीको सभापतित्व, नेपाली समाज युएईका अध्यक्ष तथा वरिष्ठ समाजसेवी चन्द्रप्रसाद (सिपी) सापकोटाको प्रमुख आतिथ्यता,
दूबइको जाईद विश्वविद्यालयका प्राध्यापक डा शशिधर बेलबासे र प्रदेश ५ सम्पर्क समिति युएईका अध्यक्ष राजु खड्काको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि एवं युएईमा रहने दाङबासीको उल्लेख्य उपस्थिति थियो ।

नारायण आचार्यको अध्यक्षतामा रहेको नव निर्वाचित कार्यसमितिमा प्रथम वरिष्ठ उपाध्यक्षमा सूर्यबहादुर केसी, उपाध्यक्षमा धनिराम सुवेदी, महासचिवमा गोपाल केसी, सचिवमा गेहेन्द्र खड्का, सह-सचिवमा नारायण भण्डारी, कोषाध्यक्षमा विजय केसी, सह कोषाध्यक्षमा मौषम परियार, प्रवक्तामा तिलक वली रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा शर्मिला डाँगी, बालकृष्ण बुढा, मनिषा पुन, शिवा मल्ल, विपना थापा, भोजराज आचार्य, आरोही पाण्डे, प्रेम चौधरी, देव वली, वीरेन्द्र खड्का र अर्जुन छिनाल चुनिएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *