‘जनउद्दार केन्द्र मलेसिया’ले आफ्नो संजाल विस्तारलाई दियो तिब्रता

news-details

मलेसियामा विभिन्न कारण समस्यामा पर्दै आएका तथा जेलमा कष्टकर जेल जिवन विताउन बाध्य भएका नेपालीहरुहरूलाई उद्धार गरी स्वदेश फर्काउदै आइरहेको जनउद्दार केन्द्र मलेसियाले आफ्नो संजाल विस्तारलाई तिब्रता दिएको छ ।

‘श्रमिकको हित हाम्रो चाहना पिडितको उद्धार हाम्रो कामना’ भन्ने नाराका साथ स्थापीत जनउद्धार केन्द्र मलेसियाले पेनाङ्ग राज्यको ‘कपलाबतास मर्ताम’ भन्ने ठाउमा जनउद्धार केन्द्रको सम्पर्क समिती गठन गरेको छ ।

हरि परियारको अध्यक्षतामा गठन भएको उक्त समितिको उपाध्यक्षमा नेत्र बहादुर गुरुङ् र मनोज मगर, सचीवमा प्रतीक पराजुली, सह-सचिवमा विकाश राना मगर, कोषाध्यक्षमा सीता परियार चयन भएका छन भने समितिको सदस्यहरुमा क्रमशः सन्तोष रानामगर, आकाश परियार, मिसन राई, जितेन्द्र कुमार झा, सुनिल मगर, रुद्रबहादुर सुस्लिङ्ग मगर र बंगलादेशि नागरिक नजरुल खान चयन भएका छन ।

जनउद्धार केन्द्रका अध्यक्ष केशु थापा, उपाध्यक्ष शेर बहादुर श्रेष्ठ, सचिब शंकर देव आचार्य, कोषाध्यक्ष देबेन्द्र गिरि र सदस्यहरु कमल खड्कासहित क्षेत्रीय कमिटी ‘सुङाईपेतानी’ बाट अध्यक्ष श्याम तामाङ, सचिब उपेन्द्र गिरि, सदस्य दुतमान तामाङ र दुर्गा थापा मगरसहितको उपस्थितिमा ‘कपलाबतास मर्ताम’ क्षेत्रीय समिती गठन गरिएको हो ।

अध्यक्ष केशु थापाले नवगठित सम्पर्क समितिलाई संस्था दर्ताको प्रमाणपत्र, संस्थाको विधान र कार्यपत्र हस्तान्तरण गर्दै कार्यसमितिलाई सपथ खुवाएका थिए ।

मलेसिया सरकारबाट मान्यता पाएको नेपाली सामाजिक संस्था जनउद्धार केन्द्र मलेसियाले नेपाली दूतावाससँगको सहकार्यमा अहिलेसम्म १ सय ५० जनाभन्दा बढी समस्यामा परेका नेपालीलाई स्वदेश फर्काइसकेको छ भने ७ जना गम्भिर विरामीलाई पनि उद्धार गरी स्वदेश ल्याइपु¥याएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *